logo

नेकपा एस पर्सा अवैधानिक भएको भन्दै पार्टी केन्द्रमा उजुरी, समानान्तर कमिटी बनाउने चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ माघ १९ गते ०७: ०३ मा प्रकाशित     641   पटक पढिएको

 बीरगंज । नेकपा एकीकृत समाजवादी पर्साको हालै सम्पन्न नवौं जिल्ला अधिवेशन खारेजीको माँग गर्दै पार्टीको निर्वाचन आयोग र अनुशासन आयोगमा उजुरी परेको छ ।

 

 अधिवेशनमा जिल्ला अध्यक्षको प्रत्याशी रहेका अनिल पटेल,उपाध्यक्षका प्रत्याशी रहेका द्वारिका श्रीवास्तव सहित जिल्ला प्रतिनिधिहरुले उजुरी गरेका हुन ।

उनीहरु सहित २२ जना अधिवेशन प्रतिनिधिले नवौ जिल्ला अधिवेशन अवैधानिक भएको भन्दै खारेजीको माँग गरेका छन ।

 प्रतिनिधि मापदण्ड अन्तर्गत विधानलाई पुर्ण वेवास्था गर्दै २ वर्ष नपुगेकोलाई प्रतिनिधि बनाएको र ५ वर्ष नपुगेकोलाई अध्यक्ष मण्डलले जिल्ला कमिटीको सदस्यमा नाम राखी रखोको अधिवेशन अवैधानिक नै रहेको स्वतः पुष्टि भएको उजुरी पत्रमा उल्लेख छ ।

अध्यक्ष मण्डलको अध्यक्षतामा माघ १२ गते राधेमाईमा वसेको बैठकमा ३ सय २५ प्रतिनिधि रहेकोमा जम्मा ९५ जनाको उपस्थिति रहेको भन्दै अधिवेशन विधान विपरित नै रहेको उजुरीकर्ताले जीकीर गरेका छन ।

 जिल्ला कमिटीको घोषणा भए पछि अधिकांश कमरेड अपत्ति जनाउदै गए पनि निर्वाचन समितिले प्रायः पदाधिकारी र जिल्ला सदस्यहरुको मनोनयन आफै भरी, प्रस्तावक, समर्थकको नाम आफ्‌नै मनले राखी नक्कली हस्ताक्षर गरी आफ्‌नो कोरम पुर्याएको उजुरीमा उल्लेख छ।

 पार्टीका नेतागण पद पावरको दुरूपयोग गरी विधानको निति नियम कुल्चिदै पर्सा जिल्लाको नौ अधिवेशन सम्पन्न गरेको ढोङ रचि पर्सामा पार्टी थप कमजोर बनाएकोमा आफूहरुको आपत्तीरहेको उजुरीकर्ताले उल्लेख गरेका छन ।

उजुरीकर्ताले अवैधानिक कमिटीबिघठन नभए पार्टी जोगाउनकालागि समानान्तर कमिटी बनाउने समेत जनाएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.