logo

मुलुक ताजा जनादेशमा जान सक्ने भन्दै कार्यकर्तालाई तयार रहन एमाले महासचिव पोख्रेलको निर्देशन

      3/11/2021 गते 00 00 मा प्रकाशित     884   पटक पढिएको

नेकपा एमालेका महासचिव तथा उपप्रधानमंत्री ईश्वर पोख्रेलले संसदले पाउने बिजनेशबाट कुनै निष्कर्षमा पुग्न नसके मुलुक ताजा जनादेशमा जान सक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिनु भएको छ । बीरगंजमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै महासचिव पाख्रेलले यस्तो बताउनु भएको हो । 

 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएमा प्रधानमत्रीले संसदमा बिश्वासको मत लिनु पर्ने र संसदमा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिने अवस्थ आउने बताउनु भयो । 


माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए के हुन्छ भन्ने बिज्ञासाको जवाफमा पोख्रेलले यस्तो बताउनु भएको हो । 

उहाँले प्रधानमंत्रीले राजीनामा दिने अवस्थ आयो भने  त्यसपछि संबिधानको धारा ०७६ को उपधारा २ अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ । सरकार बनेन भने चुनावमा जानुको विकल्प नरहने उहाँले बताउनु भयो ।’नेकपा एमाले २०७५ जेठ २ को अवस्थाबाट अघि बढ्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताउनु भएको छ ।  

 

वीरगंज  स्थित होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले एमाले पार्टीलाई एकता हुनु अघि २०७५ जेठ २ को अवस्थाबाट अघि बढाइने बताउनुभयो ।

 

उहाँले माओवादी केन्द्रबाट आएका नेतालाई सम्मानजन व्यवस्थापन गरि बिगतका कमीकमजोरीलाई समिक्षा गरी एमालेलाई  अगाडी बढाईने बताउनुभयो ।


 पत्रकारहरुको प्रश्नमा उपप्रधानमन्त्री पोखरेलले माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकराले अन्य दलहरु संग सहकार्य गरेर अघि बढने बताउनुभयो  ।

दलहरु बिच पनि सहकार्य हुन नसके देश मध्यावधि निर्वाचनमा जाने पोखरेलले बताउनुभयो । 

एक फरक प्रश्नको जवाफमा पोखरेलले देशमा कोभिडको प्रकोप कम भइरहेकोले अब छिटैनै जिल्ला कोभिड नियन्त्रण समितिको सिफारिशमा पूर्ण रुपमा सीमा  नाका खुल्ला गर्न गृहमन्त्राल मार्फत  पहल गरिने बताउनुभयो ।

 

पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले  वीरगंज पथलैया छ लेनको सडक खण्डको काम तिव्र गतिमा अगाडि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो  । उहाँले पर्सा जिल्लामा बिकास निर्माणको काममा भइरहेको ढिलासुस्ती बारे चिन्ता व्यक्त गर्दै तत्काल काम सुचारु गराउन सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभयो  ।


 प्रेस संगठन पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेल, संबिधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु,प्रधुमन चौहान, केन्द्रिय सदस्य निर्मला देवकोटा,बसरुदिन अंसारी,अच्युत मैनाली,विश्वमभर शर्मा,नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजार,प्रेस संगठन प्रदेश २ का संयोजक लालबाबु शेख, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने ,पत्रकार महेश दास, छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ता,नारायणी अस्पताल बिकास समितिका अध्यक्ष पुरेन्द्रकिसोर लाभ, नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी लगायतको उपस्थिती रहेको थियोे । कार्यक्रममो सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.