logo

शिक्षा र स्वास्थ्यको सेवा प्रवाह र बिकासका काम बारे जानकारी लिन महानगरप्रमुख नागरिकको घर दैलोमा

      3/21/2021 गते 00 00 मा प्रकाशित     961   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नं १८ भवानीपुरमा रहेको स्वासथय चौकी तथा बिदालयको अनुगमन गर्नु भएको छ ।

 

अनुगमनका क्रममा उहाँले विद्यालयहरु समयमा खुल्छ खुल्दैन, पठनपाठन नियमित भएको छ कि छैन ? स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवाहरु सहज ढंगबाट भएको छ कि छैन भन्नेबारेमा चासो लिनु भएको थियो ।

 

उहाँले नागरिकलाई दिइने सेवा सुलभ र प्रभावकारी बनाउन निर्देशन समेत दिनु भयो  । महानगरपालिका प्रमुख सरावगी औपचारिक कार्यक्रम बाहेक अनुगमन र निरीक्षणका कामलाई पनि  निरन्तरता दिनु भएको छ ।

 

महानगरप्रमुखको अनुगमलाई स्थानीय नागरिकले भने प्रशंसा गरेका छन । यसैगरि आजै 
 महानगरपालिकाको वडा नम्बर ९ मा अनुगमन गरेर विभिन्न समस्याहरुको बारेमा जानकारी लिनुभएको छ ।

 

अनुगमनका क्रममा नगरक्षेत्रमा जथाभावी फोहोर फालिएको पाईएको र त्यसलाई व्यावस्थापन गर्न समेत निर्देशन दिनुभयो । उहाँले वडा नम्बर ९ को ढलनाला खाली स्थानमा थुपारिएको फोहोर व्यावस्थापनका लागि निर्देशन दिनु भएको छ ।

 

ढलनालामा जथाभावी फोहोरहरु फाल्ने गर्दा नाला जाम हुने र बर्षातमा पानी जमेर महानगरपालिका डुबानमा पर्ने गरेकोले त्यसलाई समयमा नै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले शहरलाई सुन्दर सफा राख्न नागरिकको सहयोग आवश्यक रहेकोमा जोडदिनु भयो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.