logo

प्रेस चौतारी नेपालको रौतहट अध्यक्षमा पहाडी सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८१ फागुन ६ गते १०: ४६ मा प्रकाशित     440   पटक पढिएको

चन्द्रपुर । प्रेस  चौतारी नेपाल रौतहटको आठौ जिल्ला अधिवेशनले अशोक पहाडीलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

May be an image of 7 people and text

 मंगलवार चन्द्रपुरको होटेल हिमालयमा भएको आठौ जिल्ला अधिवेशनको बन्द सत्रले पहाडीलाई सर्वसम्मत रुपमा चयन गरेको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष रमेश तिमिल्सीनाले जानकारी दिए ।

May be an image of 4 people and dais
जिल्ला शाखाको उपाध्यक्षमा कृष्ण तिवारी उपाध्यक्ष महिला , मन्जु मानन्धर, सचिव  मुकेश साह ,सह सचिव  राकेश यादव ,  दिपेन्द्र रजक  , कोषाध्यक्षमा अशोक यादव ,केन्द्रिय परिषद  सदस्यमा आदर्श उपाध्याया ,अर्पणा झा तथा  प्रदेश परिषद  सदस्यमा देवेन्द्र प्रसाद यादव र गौरी न्यौपाने सर्वसम्मत भएका छन ।

May be an image of 7 people and text
यस अघि अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत महासचिव हिरामान लामा, नेकपा एमालेका केन्द्रीय सदस्य अजय गुप्ता, उद्धव रेग्मी जिल्ला सचिव बाबुराम दहाल ,नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी.लामिछाने, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासंघ रौतहटका अध्यक्ष संजय कार्की पूर्व अध्यक्षहरु  शैलेन्द्र गुप्ता प्रेमचन्द्र झा, रविन्द्र साह लगायतले शुभकामना ब्यक्त गरेका थिए । 

May be an image of 8 people, dais and text
उत्तम उपाध्यायाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बालबिक्रम कार्कीले गरेका थिए भने स्वागत मन्तब्य मन्जु मानन्धरले गरेकी थिइन ।

 

प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा आफ्नो सिंगो टीमसहित प्रेस चौतारीमा फर्किएका छन  ।

झाले महासंघको दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नू भएको थियो । झासँगै उक्त संगठनका केन्द्रीय सदस्य कृष्ण तिवारी पनि प्रेस चौतारीमा फर्किएका छन  ।

झा र तिवारीलाई चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामालगायत मधेश प्रदेशका नेकपा एमाले र प्रेस चौतारीका नेताहरूले स्वागत गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.