logo

विभिन्न जातिको धर्मसंस्कृति भेषभुषा तथा भाषा संरक्षण र प्रबर्द्धन गर्न सरकार पछि हट्न मिल्दैनः मन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ फागुन ७ गते ०८: २७ मा प्रकाशित     495   पटक पढिएको

                           जिल्ला अध्यक्ष अर्जुन श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्दै मन्त्री लेखीः तस्विर उत्तम आचार्य

कञ्चनरूप । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले विभिन्न जातिको धर्म, संस्कृति भेष भुषा तथा भाषा, देशको गहना भएको बताएका छन ।

 

उनले संस्कृति भेष भुषा तथा भाषाको संरक्षण र प्रबर्द्धन गर्ने सरकार पछिहट्न  नमिल्ने बताएका छन । 


नेवाःदेय् दबू सप्तरी जिल्ला तथा नगरसमितिका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले यस्तो बताएका हुन् । 


सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित बस्तीपुरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री लेखीले देशमा विभिन्न जातजातिको संस्कार र संस्कृति संरक्षण गर्ने दायित्व राज्यको भएको बताए  ।

 

उनले संबिधानले नै यस्तो प्रवन्ध गरेको चर्चा गर्दै   तीनै तहको सरकारले सबै जातजातिको पहिचान र संस्कृति जगेर्नाका लागि बजेट विनियोजन गर्नुपर्ने बिचार ब्यक्त गरे ।  


मन्त्री लेखीले स्वायत्त प्रदेश, क्षेत्र र इलाका गठन अझै गर्न सकिएको छैन, संविधानले ग्यारेन्टी गरेको हक कार्यान्वयन नहुँदा जनताको अझै श्रोत साधनमा सहज पहुँच पुग्न सकेको उल्लेख गरे ।’


विभिन्न कठोर आन्दोलनबाट प्राप्त अधिकार रक्षाका लागि थप सङ्घर्ष गर्नुको विकल्प नरहेको उनको भनाई छ  । 


सपथग्रहण कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सदस्य दक्ष नारायण श्रेष्ठ, नेपाल मगर सङ्घ सप्तरीकी अध्यक्ष साधना राना , मधेस प्रदेश अध्यक्ष तिलकमान श्रेष्ठ, नेवाः देय् दबू सप्तरीका पूर्व अध्यक्ष जित बहादुर श्रेष्ठ, पूर्व प्रधानाध्यापक नागेन्द्र श्रेष्ठ, नेवाः देय् दबू सप्तकोशी नगरपालिका अध्यक्ष विनोद श्रेष्ठ , नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज ) मधेस प्रदेशका महासचिव बृजमान तामाङ, नेपाल आदिवासी जनजाति महासङ्घ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान  लगायतले नवनिर्वाचित जिल्ला तथा नगर समितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे थिए ।

भने नेवाः देय् दबू सप्तरीका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सपथग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.