पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री सिंह
इसीमाना सम्वाददाता
२०८१ फागुन २७ गते ०५: ५९ मा प्रकाशित
460 पटक पढिएको
महोत्तरी । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।
बर्दिबासमा मंगलवार सञ्चारिका समूह नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारले आफ्ना सीमित साधन स्रोतभित्रबाट पत्रकारिता क्षेत्रको पर्वद्धनका लागि प्रयत्न गरिरहेको बताए ।
मुख्यमन्त्री सिंहले पत्रकारलाई समाजको ऐनाको उपमा दिदै सत्यतथ्य सूचनाले राज्यका सबै निकायलाई आफ्ना कामबारे समीक्षा गर्ने र सच्चिएर अघि बढ्ने अवसर प्राप्त हुने बताए ।
उनले पत्रकारितामा रहेकाहरुलाई सबैपक्षको सहयोग र सद्भाव आवश्यक रहेको बताए । उनले पत्रकार महिलालाई पेसामा टिकाइ राख्न राज्यका निकाय र सामाजिक सङ्घसंस्थाको सकारात्मक भूमिका हुनपर्ने बताए।
स्वास्थ्य, शिक्षा र रोजगारका अन्य अवसरमा महिलाको पहुँच बढाउन प्रदेश सरकार प्रयत्नशील रहेको कार्यक्रममा मुख्यमन्त्री सिंहले बताए । पत्रकारले राजनीतिक आग्रहबाट मुक्त भई निष्पक्ष रुपमा पेसागत धर्म निर्वाह गर्नपर्ने उनले अपिल गरे ।
कार्यक्रममा सञ्चारिका समूह मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल, संचारिका समुह का केन्द्रीय सदस्य सरोला दाहाल , जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, महासङ्घका मधेश प्रदेश अध्यक्ष श्याम वञ्जारा उपाध्यक्ष अम्बिका दाहाल लगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।
वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया