logo

उपेन्द्रको कीर्ते कदमलाई साथ दिन सकिदैनः जसपा नेता श्रीवास्तव

      4/30/2021 गते 00 00 मा प्रकाशित     1249   पटक पढिएको


काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) का नेता विमलप्रसाद श्रीवास्तवले पार्टी फुटाउन उद्दत गतिविधि सह्य नहुने बताउनुभएको छ । उहाँले यस्ता क्रियाकलाप बहिष्कार गर्नुको विकल्प नरहेकोसमेत बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा प्रकरणबारे आफ्नो विचार राख्दै श्रीवास्तवले भन्नुभयो, ‘लुम्बिनी प्रकरणले जसपा फुटतर्फ उन्मुख भएको देखिन्छ ।’ उपेन्द्र यादवहरूका कारण जसपा फुटको संघारमा पुगेको उहाँले बताउनुभयो ।

केन्द्रको निर्णय विपरित लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद्लाई उपेन्द्र यादव समूहले पदमुक्तका लागि सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनी प्रदेश सभाका सभामुखले बिहीबार चार सांसद् पदमुक्त भएको सूचना सार्वजनिक गर्नुभएको थियो ।

सूचना सार्वजनिक हुनासाथ अध्यक्ष महन्थ ठाकुरले चार सांसद्लाई कारबाही गर्ने निर्णय जसपा केन्द्रले नगरेको भन्दै लुम्बिनीका सभामुखलाई बिहीबार साँझ नै पत्र पठाउनु भएको थियो । कीर्ते र गैरकानुनी निर्णय कार्यान्वयन नगर्न भन्दै ठाकुरले निर्वाचन आयोगमा आज निवेदन दिनुभएको छ ।

सोही विषयलाई लिएर जसपाकै केही नेताले पार्टी फुट्न सक्ने बताइरहेका छन् । केही नेताले त उपेन्द्र यादव र डा। बाबुराम भट्टराई समूहले जसपा फुटाउन खोजेको आरोप पनि लगाएका छन् ।

पूर्वसमाजवादी पार्टीका नेता तथा पर्सा २ बाट निर्वाचित सांसद श्रीवास्तवले पनि पार्टी फुट्न लागेको बताउनुभयो । ‘हिजोको घटनाले पार्टी फुट्न थालेको लक्षण देखेको छु,’ उहाँले भन्नुभयो

श्रीवास्तवले आफू उपेन्द्र निकटकै नेता भए पनि उपेन्द्रको कीर्ते कदमलाई साथ दिन नसकिने प्रष्ट पार्नुभयो ।

‘लुम्बिनीमा जे भयो त्यो एकदमै गलत हो, उहाँले यसरी मनोमानी गर्न हुँदैन, पार्टीविरुद्धका कदममा उहाँलाई साथ दिन सकिँदैन,’ विमलको भनाइ छ ।

सबैको चाहाना पार्टी नफुटोस् भन्ने रहेपनि नेपालमा नफुटेका कुनैपनि पार्टी नरहेका उहाँले सुनाउनुभयो । श्रीवास्तवले भन्नुभयो, ‘कुनै पनि अप्रिय घटनालाई राम्रो मान्न सकिन्न, त्यो कसले गर्‍यो, किन गर्‍या, कसरी गर्‍या, केका लागि गर्‍या त्यो आफ्नो ठाउँमा होला, तर जसले गर्‍यो निक्कै गलत गर्‍यो ।’ पार्टीविरुद्धका गतिविधि छाडेर एकढिक्का भएर अगाडि बढ्न उहाँले नेताहरूलाई सुझाव पनि दिनुभयो ।

सत्ता सहकार्यबारे सोधिएको प्रश्नमा पनि श्रीवास्तवले नरम जवाफ दिनुभयो । सरकारले तपाईंहरुका माग सम्बोधन गरेको छ, अब त साथ दिनुहुन्छ होला निरु यो प्रश्नमा उहाँले भन्नुभयो, ‘ठूला नेता आ(आफ्नो धारमा हुन्छन्, यसमा पनि ठूला नेताकै निर्णय चल्छ ।’ आफूहरू साधारण मानिस भएको भन्दै उहाँले शान्ति र मेलमिलापसाथ जसपासहित सबै दल अगाडि बढ्नुपर्ने बताउनुभयो ।’
संभारः नेपाली बहस डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.