logo

उपेन्द्रको कीर्ते कदमलाई साथ दिन सकिदैनः जसपा नेता श्रीवास्तव

      4/30/2021 गते 00 00 मा प्रकाशित     1119   पटक पढिएको


काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) का नेता विमलप्रसाद श्रीवास्तवले पार्टी फुटाउन उद्दत गतिविधि सह्य नहुने बताउनुभएको छ । उहाँले यस्ता क्रियाकलाप बहिष्कार गर्नुको विकल्प नरहेकोसमेत बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा प्रकरणबारे आफ्नो विचार राख्दै श्रीवास्तवले भन्नुभयो, ‘लुम्बिनी प्रकरणले जसपा फुटतर्फ उन्मुख भएको देखिन्छ ।’ उपेन्द्र यादवहरूका कारण जसपा फुटको संघारमा पुगेको उहाँले बताउनुभयो ।

केन्द्रको निर्णय विपरित लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद्लाई उपेन्द्र यादव समूहले पदमुक्तका लागि सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनी प्रदेश सभाका सभामुखले बिहीबार चार सांसद् पदमुक्त भएको सूचना सार्वजनिक गर्नुभएको थियो ।

सूचना सार्वजनिक हुनासाथ अध्यक्ष महन्थ ठाकुरले चार सांसद्लाई कारबाही गर्ने निर्णय जसपा केन्द्रले नगरेको भन्दै लुम्बिनीका सभामुखलाई बिहीबार साँझ नै पत्र पठाउनु भएको थियो । कीर्ते र गैरकानुनी निर्णय कार्यान्वयन नगर्न भन्दै ठाकुरले निर्वाचन आयोगमा आज निवेदन दिनुभएको छ ।

सोही विषयलाई लिएर जसपाकै केही नेताले पार्टी फुट्न सक्ने बताइरहेका छन् । केही नेताले त उपेन्द्र यादव र डा। बाबुराम भट्टराई समूहले जसपा फुटाउन खोजेको आरोप पनि लगाएका छन् ।

पूर्वसमाजवादी पार्टीका नेता तथा पर्सा २ बाट निर्वाचित सांसद श्रीवास्तवले पनि पार्टी फुट्न लागेको बताउनुभयो । ‘हिजोको घटनाले पार्टी फुट्न थालेको लक्षण देखेको छु,’ उहाँले भन्नुभयो

श्रीवास्तवले आफू उपेन्द्र निकटकै नेता भए पनि उपेन्द्रको कीर्ते कदमलाई साथ दिन नसकिने प्रष्ट पार्नुभयो ।

‘लुम्बिनीमा जे भयो त्यो एकदमै गलत हो, उहाँले यसरी मनोमानी गर्न हुँदैन, पार्टीविरुद्धका कदममा उहाँलाई साथ दिन सकिँदैन,’ विमलको भनाइ छ ।

सबैको चाहाना पार्टी नफुटोस् भन्ने रहेपनि नेपालमा नफुटेका कुनैपनि पार्टी नरहेका उहाँले सुनाउनुभयो । श्रीवास्तवले भन्नुभयो, ‘कुनै पनि अप्रिय घटनालाई राम्रो मान्न सकिन्न, त्यो कसले गर्‍यो, किन गर्‍या, कसरी गर्‍या, केका लागि गर्‍या त्यो आफ्नो ठाउँमा होला, तर जसले गर्‍यो निक्कै गलत गर्‍यो ।’ पार्टीविरुद्धका गतिविधि छाडेर एकढिक्का भएर अगाडि बढ्न उहाँले नेताहरूलाई सुझाव पनि दिनुभयो ।

सत्ता सहकार्यबारे सोधिएको प्रश्नमा पनि श्रीवास्तवले नरम जवाफ दिनुभयो । सरकारले तपाईंहरुका माग सम्बोधन गरेको छ, अब त साथ दिनुहुन्छ होला निरु यो प्रश्नमा उहाँले भन्नुभयो, ‘ठूला नेता आ(आफ्नो धारमा हुन्छन्, यसमा पनि ठूला नेताकै निर्णय चल्छ ।’ आफूहरू साधारण मानिस भएको भन्दै उहाँले शान्ति र मेलमिलापसाथ जसपासहित सबै दल अगाडि बढ्नुपर्ने बताउनुभयो ।’
संभारः नेपाली बहस डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.