संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छः प्रधानमन्त्री ओली
इसीमाना सम्वाददाता
२०८१ चैत २६ गते ०५: ३७ मा प्रकाशित
491 पटक पढिएको
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन ।
मधेस प्रदेशसभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने बताए ।
उनले विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरे । “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो ।
यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्र होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनु पर्ने धारणा ब्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने “सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।”
प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पु¥याएको योगदानको प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीले मधेस प्रदेश सम्भावनै सम्भावनाहरूको उर्वर भूमि, कृषिका लागि उपयुक्त चुरेक्षेत्र जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोतयुक्त भएकाले यहाँको विकासलाई सबैको सहयोगमा अघि बढाउनुपर्नेमा जोड दिए ।
उहाँले सुनकोशी मरिन डाइभर्सन आयोजनाले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यसले पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए ।
प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, हुलाकी सडक, दू्रतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेसको विकास र समृद्धिको आधार भएकाले एकीकृत जाँच चौकी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशको लोकतान्त्रिक संघर्ष र प्रदेशको राजनीतिक सशक्तिकरणमा भएको योगदानको सराहना गरेका छन् ।
मधेश प्रदेश सभाको चौथो अधिवेशनको २१औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशको ऐतिहासिक भूमिका र योगदानलाई उच्च मूल्याङ्कन गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायीत्वका लागि यो प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा मधेश प्रदेशले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा खेलेको भूमिकाबारे भने, ‘लामो समयको लडाइँपछि हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका छौं । मधेश प्रदेश चेतनामा अग्रणी प्रदेशको रूपमा रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मधेशले सबभन्दा बढि महत्वपूर्ण भूमिका खेलेको छ । लोकतन्त्रको रक्षामा पनि यो प्रदेश सशक्त रुपमा उभिएको छ ।’
उनले थपे, ‘मधेश प्रदेश संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढताका साथ उभिने विश्वास राख्दछ । यो विश्वास यस प्रदेशका जनताको बलिदान र संघर्षको प्रतीक हो ।’
प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन र प्राप्त उपलब्धिहरुलाई केवल राजनीतिक उपलब्धिका रुपमा सीमित नगर्न र तिनीहरुलाई जनताको बलिदान, संघर्ष र त्यागको परिणामको रुपमा हेर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार, ‘जनताको संघर्ष र बलिदानबाट आएका ती उपलब्धिहरु हाम्रो साझा सम्पत्ति हुन् ।’
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जनताको सेवामा समर्पित हुनुपर्छ । हाम्रो सबै प्रयासहरू देश र जनताको सेवामा समर्पित हुनुपर्छ ।’ राजनीतिक अधिकारहरुको विस्तार गरेर परिपूर्ण लोकतन्त्र निर्माण गर्नु आवश्यक भएकोमा जोड दिँदै उनले यसलाई जनताको जीवनस्तर सुधारको लागि महत्वपूर्ण कदम मान्नुपर्ने बताए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।
वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया