logo

प्रदेश सभामा मन्त्री यादवको कडा जवाफ, योजनाको चिठी दुई महिना देखी कता घुम्दै छ ?

 इसीमाना सम्वाददाता     २०८१ चैत २८ गते १७: २३ मा प्रकाशित     1399   पटक पढिएको

जनकपुरधाम । चैत २२ गते मधेश प्रदेशका सभामुख रामचन््र मण्डलको कार्यकक्षमा बसेको सर्वदलीय बैठकले तीत बूंदे सहमती कायम गरेपछि १२ दिन देखीको गतिरोधको अन्त्य भएको थियो । 

 

त्यही दिन मधेश प्रदेशमा योजना बिक्री भएको भन्दै बिपक्षीले उठाएको प्रश्नमा मन्त्रीले जवाफ दिने सहमती भएको थियो ।

saroj.png

चैत २७ गते प्रदेश सभाको रोष्टमबाट भौतीक पूर्वाधारमन्त्री सरोज यादवले जव योजनाको नाली बेली सुनाए मधेश प्रदेशका जनतामा आफना प्रतिनिधिप्रति सम्मान होइन घृणा जागेको छ  ।


उनको नालीबेली सुन्दा त योजनाको बिक्रेता त सांसदहरु पो रहेछन । कतिपय योजना चिठी लगेको दुई महिना सम्म बिक्री नहुदा चिठी वडामा समेत दर्ता भएको रहेनछ । 


मन्त्री यादवले  भने मधभेश सरकार बनेपछि साँसद र मन्त्री भएकाहरुको सबैको सम्पती सम्पूर्ण रुपमा छानवीन गर्न गरौ हामी छाविन .बट भाग्ने छैनौ ।

 सरकार छानवीन देखी नडराएको भन्दै मन्त्री यादवले ढुक्क र निर्धक्कता पूर्वक मधेश प्रदेश भित्र रहेका बेथितिका बारेमा चर्चा गरे ।

उनले भने बिपक्षी ,सत्ता पक्षकालागि ऐना हो तर यो सदनमा ऐनामा कोलो पोतिएको रहेछ आफूहरुले ऐनामा आफनो अनुहार हेर्न नपाएको तिखो टिप्पणी गरे । 


मधेश प्रदेश सभामा रहेका १ सय ७ सासदले १ हजार २ सय ३८ ओटो योजना लगेका रहेछन ।
उनले सार्वैभौम संसदलाई योजना लानेहरुको फेहरिस्त दुरुस्तै राखे ।

उनले कुन माननीयले चिठी लगेका हुन त्यो सबै अभिलेख ससद समक्ष प्रस्तुत गरे । योजनाका चिठी माननीयका खल्तीहरुमै घुमीरहेको उनले पोल खोले । उनले अभिलेख देखाउदे भने मैले योजना बेचेको छैन ।
                                                                                                                                       

मधेश प्रदेशको भौतिक पूर्वाधार योजनामा सांसदहरूको बीचमा बार्गेनिङ र कमिसनको आरोप चर्काउनेहरु कै बिषयमा प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोज यादवले  पोल  खोलेपछि निरुत्तर मात्र भएका छैनन मुख नै हेर्न लायक देखिएको थियो ।मन्त्री यादव भने “पाँच करोडका योजना हुन, माननीयहरुले लगेको योजना वडामा दर्ता समेत नगरेको बताए । 

चालु आर्थिक वर्षमा मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको कुल पुँजीगत खर्च १२ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ ।

यसमा प्रदेश सभा सदस्यहरूको योजनामा लगभग २ अर्ब ९९ करोड रुपैयाँ छुट्याइएको छ । यो रकम ५ करोडदेखि डेढ करोडसम्मका विभिन्न योजनाहरूमा बाँडिएको छ ।

यही योजनामा २ अर्ब २७ करोड रकम नयाँ बहुवर्षीय योजनाका लागि छुट्याइएको छ भने पुरानो बहुवर्षीय योजनामा १ अर्ब २० करोड रकम तोकिएको छ । साथै, म्याचिङ फन्ड, संघीय प्रादेशिक सडक पूर्वाधार कार्यक्रम र प्रादेशिक स्थानीय सडक पूर्वाधार कार्यक्रमका लागि पनि रकम छुट्याइएको छ ।

मन्त्री यादवले भने, ‘नेपाली कांग्रेस र लोसपा गठबन्धनसँग भागबन्डा भएको १९ करोड रुपैयाँ बराबरका ४७ वटा योजनाहरू कांग्रेसलाई दिइएको छ ।

 यसका अतिरिक्त अन्य दलका सांसदहरूका लागि २१ करोड रुपैयाँ बराबरका योजनाहरू छुट्याएर उनीहरूको निर्वाचन क्षेत्रमा विनियोजन गरिएको छ ।’

सांसदहरूले बुझेका योजनाहरूको विवरण प्रस्तुत गर्दै मन्त्री यादवले भने, ‘मधेश प्रदेशका १०७ जना सांसदहरूले भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा १ हजार २ सय ३२ वटा योजनाका चिठ्ठी बुझेका छन् ।

 

’ यसमा नेकपा एमालेका २५ सांसदहरूले २४० योजना, नेपाली कांग्रेसका सांसदहरूले २ सय ४८ योजना  जनमत पार्टीका साँसदले १ सयि ६३ ,जसपाका साँसदले १७४ माओवादीका साँसदले ६४ लोसपाले ९४ नेकपा एसका साँसदले ५७ नाउपाका साँसदले ५ राप्रपाका ४ र नेपाल संघीय समाजवादी पार्टीका साँसदे ४ वटा योजनाको चिठी लगेको उनले साँसदमा प्रस्ुतत गरे । 

मन्त्री यादवले सांसदहरूले योजनाका चिठ्ठी बुझेपनि समिति गठन नगरेको बताए । यसका कारण योजनाहरूको कार्यान्वयनमा ढिलाइ भएको उनले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.