logo

सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण छैनः प्रधानमंत्री ओली

      5/10/2021 गते 00 00 मा प्रकाशित     809   पटक पढिएको

देशको सबर्वभौम सत्ताका बिषयमा मुलुकमा अव कुनै बिवाद नरहेको प्रधानमंत्री के.पी.ओलीले बताउनु भएको छ । आफना माँग र आकंक्षाहरु पुरा गराउनकालागि हिंसालाई माध्यम बनाउनु पर्छ भन्ने सोच पनि अन्त्य भएको बताउनु भयो । शान्तिपूर्ण राजनीतिको मुलधारमा त्यस्ता शक्तिलाई सम्वादको मार्फत ल्याइएको बताउनु भयो ।

 

प्रतिनिधि सभामा बिश्वासको मतको बिषयमा भएको छलफलमा आफनो भनाई राख्दै प्रधानमंत्रीले सफलता नदेख्न,े एकाध सफलता पाउन बिलम्ब भयो भने त्यसलाई नदेख्ने प्रवृति ठिन नभएको बताउनु भयो ।

 

उहाँले सरकार सफल भएर छोडने बताउनु भयो । अपराधीहरुमाथि छानविन गर्ने र दोषीलाई करावाही गर्ने दोषीको अनुहार हेरेर कारवाही  नगर्ने , आग्रह वा प्रतिशोध राखेर वर्तमान सरकार कुनै काम नगर्ने प्रष्ट पार्नु भयो ।

 

उहाँले अन्तराष्ट्रिय क्षेत्रमा राम्रो गरेको मुलुक भित्र बिकास निर्माण गरेको सरकारलाई अविश्वास गर्नु पर्ने कुनै कारण नरहेको बताउनु भयो । उहाँले अनेको प्रपञ्च र षडयन्त्रका बाबजुद पनि मुलुकको शान्ति बहाल छ त्यसैले सरकारलाई बिश्वास गर्नु नपर्ने कारण छैन त्यसैले सदनको बिश्वास आफूमाथि छ भन्ने कुराको लागि बिश्वासको मत लिन लागेको उहाँले बताउनु भयो । नोपललाई सुरुङ मार्गमा लैजाने ठुवा हवाई मैदान बनाउने संचार क्षेत्रमा गरिएका काम अद्धभूत रहेको उहाँले बताउनु भयो ।

 

बिकासमा प्रविधिको प्रयोगबाट डिजीटल म्याप, नागरिक एप,मेरो कित्ता हुदै डिजिटल नेपाल बनाउने प्रयास भइरहेको उहाँले सदनलाई जानकारी दिनु भयो । घरबाटै बसेर धेरै काम गर्न सक्ने गरि प्रविधियुक्त आधुनीक नेपाल बनाउने काम गरेको उहाँले बताउनु भयो । मेलम्ची राजा बीरेन्द्र पूर्व प्रधानमंत्री कृष्णप्रसाद भट्टराईले शुरु गर्नु भयो अरु सरकारले पनि काम गरे तर यो सरकारले १७ करोड लिटर पानी ल्यायो अव केही दिनमा ५१ करोड लिटर पानी ल्याएर काठमाण्डौलाई पानीको अभाव बाट मुक्त गरिने बताउनु भयो ।

 

धराहरा छोटो अवधिमा निर्माण भयो ,रानीपोखरी, दरवार हाइस्कूल, दरवार स्क्वायर , प्रधानमंत्री कार्यालय लगायतका पूर्वाधारको निर्माणको काम भइरहेको बताउनु भयो । उहाँले दैनीक ६ किलोमिटर कालोपत्रे सडक बनीरहेको बताउदै सरकार तिब्र बिकासको गतीमा अगाडि बढेको बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.