logo

मधेश सरकारको एक करोड लागतमा निर्माण हुने माटो पार्कको जनमत अध्यक्ष डा.राउतद्वारा शिलान्यास

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २७ गते ०२: १६ मा प्रकाशित     454   पटक पढिएको

वीरगन्ज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ स्थित चार बिघा जग्गामा  ‘माटो पार्क’ को शिलान्यास गरेका छन्।

 

शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष डा.राउतले पार्कको शिलान्यास गरेका हुन् । पार्कको निर्माणका लागि मधेश प्रदेश सरकारले एक करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

 

डा. राउतले केही वर्ष अघि सञ्चालन गरेको ‘माटो यात्रा’ अभियान अन्तर्गत उनले मधेशका विभिन्न ठाउँको माटो संकलन गरेका थिए । जुन माटोलाई यस पार्कमा स्थापित गरिने जानकारी दिइएको छ।

 

उनले उक्त पार्कलाई मधेशको एकता, पहिचान र गौरवको प्रतीकको रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन्।

May be an image of ‎5 people and ‎text that says '‎मधेश माटो पार्क र्क/भूगोल पार्क जनमत नेतृत्वको मधेश प्रदेश सरकारको बजेट २०८१-८२ (तেस्वीर सांकेतिक) خعء A Tormo E វភបអនា N 1GHO ពនវ្វ фe PaH ගව් 精森メ合ら జహ్ులిష‎'‎‎
 यो पार्क जनमत पार्टीको विशेष परियोजनाको रूपमा अगाडि सारिएको छ, जसमा मधेश प्रदेशका १३६ वटै स्थानीय तह  को ऐतिहासिक, सांस्कृतिक र पहिचान झल्काउने स्थलहरूको माटो संकलन गरी त्यसलाई पार्कमा स्थापनाको तयारी गरिएको छ।

 

शिलान्यास कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, जनमत पार्टीका संगठन विभाग प्रमुख डा।

 

 जयकान्त राउत, पर्सा वन डिभिजन कार्यालयका प्रमुख मंजुर अहमद, पोखरिया नगरपालिकाका मेयर प्रधुम्न चौहान, उपमेयर, वडा अध्यक्ष तथा जनमत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

पार्क निर्माण पश्चात यसले पर्यटकीय आकर्षण र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.