logo

मधेश सरकारको एक करोड लागतमा निर्माण हुने माटो पार्कको जनमत अध्यक्ष डा.राउतद्वारा शिलान्यास

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २७ गते ०२: १६ मा प्रकाशित     376   पटक पढिएको

वीरगन्ज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ स्थित चार बिघा जग्गामा  ‘माटो पार्क’ को शिलान्यास गरेका छन्।

 

शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष डा.राउतले पार्कको शिलान्यास गरेका हुन् । पार्कको निर्माणका लागि मधेश प्रदेश सरकारले एक करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

 

डा. राउतले केही वर्ष अघि सञ्चालन गरेको ‘माटो यात्रा’ अभियान अन्तर्गत उनले मधेशका विभिन्न ठाउँको माटो संकलन गरेका थिए । जुन माटोलाई यस पार्कमा स्थापित गरिने जानकारी दिइएको छ।

 

उनले उक्त पार्कलाई मधेशको एकता, पहिचान र गौरवको प्रतीकको रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन्।

May be an image of ‎5 people and ‎text that says '‎मधेश माटो पार्क र्क/भूगोल पार्क जनमत नेतृत्वको मधेश प्रदेश सरकारको बजेट २०८१-८२ (तেस्वीर सांकेतिक) خعء A Tormo E វភបអនា N 1GHO ពនវ្វ фe PaH ගව් 精森メ合ら జహ్ులిష‎'‎‎
 यो पार्क जनमत पार्टीको विशेष परियोजनाको रूपमा अगाडि सारिएको छ, जसमा मधेश प्रदेशका १३६ वटै स्थानीय तह  को ऐतिहासिक, सांस्कृतिक र पहिचान झल्काउने स्थलहरूको माटो संकलन गरी त्यसलाई पार्कमा स्थापनाको तयारी गरिएको छ।

 

शिलान्यास कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, जनमत पार्टीका संगठन विभाग प्रमुख डा।

 

 जयकान्त राउत, पर्सा वन डिभिजन कार्यालयका प्रमुख मंजुर अहमद, पोखरिया नगरपालिकाका मेयर प्रधुम्न चौहान, उपमेयर, वडा अध्यक्ष तथा जनमत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

पार्क निर्माण पश्चात यसले पर्यटकीय आकर्षण र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.