logo

शसस्त्र प्रहरीमा एआइजी बढुवा प्रकरण “बोल्नेको पिठो बिक्ने नवोल्नेको चामल नबिक्ने ”उखाँन चरितार्थ गर्ने कोशीस जारी

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३ गते १२: ४१ मा प्रकाशित     1118   पटक पढिएको

वीरगंज । सशस्त्र प्रहरीमा एआइजी बढुवामा ठुलो चलखेलको आशंका बढेको छ । सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए। 

गौतमको अवकाशपछि एआईजी बढुवाको आवेदन माग गर्दै सूचना समेत जारी भइसकेको छ।

 

सूचनाअनुसार एआईजीमा बढुवाका आकाङ्क्षी आठ डिआइजीहरूले आवेदन पनि दिइसकेका छन्। सरकारले एक  महिनादेखि एआईजी बढुवा थाती राखेर चलखेलको वतावरण बनाएको हो ।  


यो चलखेलमा मेडिकल माफिया दुर्गा प्रसाईका नातेदार कमल गिरी निकै अगाडि छन । 

 

 मेडिकल माफिया तथा  राजावादी आन्दोलनका प्रमुख नाइके दुर्गा प्रसाईँले तत्कालीन नेकपाको शीर्ष नेताहरूसँगको सम्बन्धलाई दुरुपयोग गरी कमल गिरी  डिआइजी पदोन्नति हुदा १ नम्बरमा ल्याउन सफल भएका थिए ।

 

त्यो भन्दा अगाडि सशस्त्र प्रहरी बलमा १ नम्बर बरियतामा गणेश ठाडा मगर थिए । डिआइजी बढुवा हुदाताका गिरी पाचौ नम्बरको बरियतामा रहेका थिए । 


गिरीको जागिरे जीवनकाल काण्डै काण्डमा लिपिवद्ध छ । उनी सप्तरीको एसपी हुदा उनको ज्यादतीको सीमा यति नाघ्योकी पीडितहरुले राष्ट्रिय मानव अधिकार आयोगमा समेत निवेदन दिएका थिए ।  

 

पावर सेन्टरको दुरुपयोग गरेर जोगिएका गिरी नेपालमा मात्र हैन बिदेशमा समेत संगठनको प्रतिष्ठामा आँच पुरयाएर फर्किएका ब्यक्ति हुन ।  


गिरी, २०७२ सालमा संयुक्त राष्ट्र सङ्घको  हाईटीमा युएनमा कार्यरत रहँदा रक्सी खाएर कमान्डर एसएसपी कमल बस्नेत लगायत सिनियरहरुलाई खुकुरी देखाई धम्क्याउने गरेकोले  युएनबाट कारबाही भई नेपाल फिर्ता पठाइएका  व्यक्ति  हुन्।  सशस्त्र प्रहरी भित्र खुकुरी कान्छा को रुपमा परिचित छन । 


६ नम्बर बाहीनीको सहायक बाहिनिपतिको रूपमा कार्यरत रहँदा तत्कालीन बाहिनीपतिलाई  कार्यसम्पादन मूल्याङ्कन भर्दा आफ्नो उपस्थितमा कार्यसम्पादन भर्नुपर्दछ भनी दबाब दिएको भनेर समेत उनको आलोचना हुने गरेको छ ।  

 

पूर्व क्षेत्रको बाहिनीपतिको रूपमा रहँदा सई देखि  हवलदारसम्मका  एक दर्जन घुमुवा परिचालन गरी अकुत आर्जन गरेको त्यस बेला बाहिनीमा कार्यरत सशस्त्र कर्मचारीहरू बताउँछन् । 


उनले आफूले गरेको काम देखाउन सीमापारिबाट हातहतियार ल्याउन लगाई हतियार पक्रेको नाटक गर्न सम्म भ्याएका थिए। सो मुद्दा हाल सम्म पनि अदालतमा विचाराधीन छ।

 

 साथै मिडियाले उनले गरेको गलत कामकोबारे  समाचार लेख्न खोज्दा मिडियालाई नै घुमुवा मार्फत रकम पठाएर चुप गराएका थिए र एउटै खातामा महिनाको हजारौँ रकम घुमुवा मार्फत बैङ्कबाट पठाउने गरेको सम्म खुल्न आएको छ।

 

ब्यवसायीक रुपमा किै कमजोर अनुशासनको उल्लंघन गरेर अराजकतापूर्ण काम गर्ने र इमान र निष्ठामाथि यति बिघ्न प्रश्न उठेका गिरी संगठनको प्रमुख हुदा संगठनको ब्यवसायीकता राष्ट्रक नागरिक प्रतिको उत्तरदायित्व प्रति गम्भिर पश्न उठ्ने सशस्त्र प्रहरीका एक पूर्व डिआइजीको टिप्पणी छ ।  

 

गिरी व्यावसायिकता, क्षमता  तथा चरित्रका कारण धेरै कमजोर उम्मेदवार मानिन्छन्। यस्तो ब्यक्ति संगठनमा हावी समाजमा गैरकानूनी पेशा ब्यवसायमा लागेकाहरुको वोलवाला बढने ति अधिकारीको भनाई छ ।


 सशस्त्र श्रोतका अनुसार आधारभूत तालिममा ठाडा मगर सर्वोत्कृष्ट हुँदा गिरी आखिरीबाट दोस्रो रहेको भन्ने जानकारी  प्राप्त भएको  र नेपाल प्रहरीको राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा रहेको अभिलेखले पुष्टि गरेको छ। 

ठाडा मगरको कार्यशैली गिरीको कार्यशैलीभन्दा भिन्नै रहेको छ । उनी मिडियाबाजी गर्न चाहँदैनन्, उनले सशस्त्र प्रहरी बल दिवसमा सर्वोत्कृष्ट भई तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीबाट ट्रफि समेत प्राप्त गरिसकेका छन्। 

सधै काममा उत्कृष्ट ठाडा मगरले कमाण्ड गरेको सबै युनिट सर्बोत्कृस्ट तुल्यायको उनी सग काम गर्ने अधिकृतहरु बताउछन् ।

 

डिआइजीमा मधेश स्थित २ नुम्बर बाहिनिपति हुदा आन्तरिक निरीक्षणमा २०७८ सालको सर्बोत्कृस्ट बाहिनि घोषित भई तत्कालिन प्रधानमन्त्री तथा बाग्मती स्तरिय बाहिनिपति हुदा समेत सर्बोत्कृस्ट भई गृहमन्त्री रमेश लेखकबाट २०८१ को ट्रफि प्राप्त गरेका थिए ।

 

यी दुबै साल गिरि पनि बाहिनिपति भयको र मुल्याङ्कनमा ८ वटा बाहिनिमा क्रमश छैटौं र सातौ भयका थिए ।

 

बेसिक तालिममै सर्वोत्कृष्ट ठहरिएका ठाडा मगरले माओवादी द्वन्द्वकालमा दाङ, प्युठान, नुवाकोट र स्याङ्जाजस्ता संवेदनशील क्षेत्रमा खटिएर लडाकुकै रूपमा आफ्नो पहिचान बनाएका थिए।

 

ती क्षेत्रका तत्कालीन एमाले तथा नेपाली काँग्रेसका नेताहरू आज पनि उनको कार्यशैली र अप्रेसन क्षमताको प्रशंसा गर्न पछि पर्दैनन्। स्थानीय स्तरमा प्रभावकारी अप्रेसनहरू सञ्चालन गर्दै आएका मगरले द्वन्द्वकालमा सुरक्षाको दृष्टिकोणले चुनौतीपूर्ण मानिएका थुप्रै कार्यक्षेत्रमा सफल भूमिका निर्वाह गरेका छन। 

ठाडा मगरले मित्रराष्ट्र भारतबाट व्यवस्थापन  सम्बन्धी तालिम, संयुक्त राष्ट्रसङ्घको तालिम प्रशिक्षक, चिनबाट उच्चस्तरिय कमाण्ड तथा स्टाफ कलेज तालिम प्राप्त गरि  कमाण्ड तथा स्टाफ कलेजको प्रमुखको रुपमा कार्य गरि अहिले प्रतिस्पर्धामा रहेको सुरेश श्रेष्ठ लगायतलाई तालिम दिलायको कुरा जानकार बताउछन र इटालीबाट मानव अधिकार  सम्बन्धी तालिम प्राप्त गरेको श्रोतहरू बताउँछन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.