logo

न्यायधीशद्वयलाई महाअभियोग लगाउन एमालेका साँसद साहको माँग ,अदालतको निर्भिकताको प्रतिकुल टिप्पणी नगर्न बारको आग्रह

 इसीमाना सम्वाददाता     २०८२ जेठ १७ गते ०२: ०० मा प्रकाशित     979   पटक पढिएको

वीरगंज । नेकपा एमालेका साँसद एवं महिला तथा सामाजिक मामिला समितिक अध्यक्ष किरण साहले उचच अदालत जनकपुर अस्थायी इजलाश बीरुगंजका न्यायधीशद्वय खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनु पर्ने बिचार ब्यक्त गरेका छन ।

 

 अदालतले फैसला उल्टी गरेको दिन देखीनै सामाजिक संजाल मार्फत कडा प्रतिक्रिया जनाउदै आएका साहले “म मेरो माँग स्पष्ट रुपमा राख्न चहान्छु” भन्दै महाअभियोग लगाउनु पर्ने बताएका हुन । 


उनले आफनो समाजिक संजालमा,यदि साँच्चै कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारले न्यायालयलाई कुनै राजनीतिक संरक्षण दिएको छैन भन्ने प्रमाणित गर्न चाहन्छ भने, अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीश खुशीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग लगाइनुपर्छ ।


महम्मद अफताव आलमलाई सफाई दिइएको कुरा लोकतन्त्रकै मूल्य र जनताको विश्वासमाथिको गम्भीर प्रहार भएको उनले आफनो सामाजिक संजालमा लेखेका छन । 

 

साँसद साहले फैसलाले राजनीति, अपराधीहरूको ढाल बन्दै गएको उल्लेख गरेका छन । उनले लेखेका छन“आज अपराध गर्ने तर ठूला राजनीतिक दल—जस्तै नेपाली कांग्रेस वा नेकपा एमाले—को संरक्षण पाएपछि सजाय होइन, सम्मान पाउने अवस्था सिर्जना भएको छ”।


उनले  न्यायाधीशहरूको नियुक्ति राजनीतिक भागबन्डाका आधारमा गरिन्छ, तबसम्म पीडितले न्यायको आशा गर्नु भ्रम मात्र हुन्छ भनेका छन । 

 

यस्तो निर्णय दिने न्यायाधीशलाई कारबाही प्रक्रिया अघि बढाइएन भने, यसले एउटै सन्देश दिन्छ—गठबन्धन सरकार स्वयं अफताब आलमलाई उपहार दिँदैछ, र यो फैसला राजनीतिक संरक्षणमा गरिएको हो उनले लेखेका छन।


साँसद साहल ेदेशभर भ्रष्टाचार, कुशासन, अराजकता, उडण्डता र धार्मिक असहिष्णुता बढ्दो छ। अब मौन बस्ने बेला छैन।
जनताको धैर्यको सीमा छ।

May be an image of ticket stub and text

 अब समय आएको छ—जनता जुरुक्क उठ्ने। अन्यायविरुद्ध आवाज बुलन्द बनाउन अपिल समेत गरेका छन ।


यसैवीच नेपाल बार एशोशिएसन उच्च अदालत वीरगंजका सचिव बिशाल चौधरीले एक बिज्ञप्ति जारी गरी आदालतको न्याय प्रक्रियाका बिषयमा नकारात्म टिप्पणी नगर्न आग्रह गरेका छन ।  

 

उनले अदालतको आदेश वा फैसला  मनोगत धारणाको आधारमा नभई तथ्यको आधारमा हुने हुदा मनोगत आधारमा आदालतको निर्भिकतामा प्रतिकूल असर पार्ने खालका काम नगर्न सबैमा आग्रह गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.