logo

राष्ट्रीय सहमतीको सरकार निर्माणकालागि दलहरुलाई सहकार्यमा आउन प्रधानमंत्री ओलीको अपिल

      5/21/2021 गते 00 00 मा प्रकाशित     820   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमंत्री के.पी.ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा आक्रोशको अभिब्यक्ति भएको बताउनु भएको छ ।

 

उहाँले संबिधानमा के लेखेको छ ? भन्ने प्रतिप्रश्न गर्दै उहाँले प्रधानमंत्रीले जे सिफारिश गर्छ राष्ट्रपतीले त्यही गर्ने सम्बैधानिक प्रावधान रहेको छ त्यसैले त्यसको जस अपजस प्रधानमंत्रीको हुने भएकोले प्रधानमंत्रीका बिरुद्ध  अबिश्वास प्रस्ताव ल्याउन चुनौती दिनु भयो ।शुक्रवार उहाँले काठमाण्डौमा सम्पादकहरुसंगको अन्तरक्रियामा यस्तो  चेतावनी दिनु भएको हो । 


प्रधानमंत्री ओलीले राष्ट्रपतिको बिरोध गर्नु भनेको गणतन्त्रको बिरोध गरिएको हो भन्दै लोकतान्त्रिक गणतन्त्रको प्रतिक हो राष्ट्रपती राष्ट्रपतीको हुर्मत लिएर गणतनत्रलाई कमजोर बनाउने काम भइरहेको पति चिन्ता ब्यक्त गर्नु भयो  । 


उहाँले अहिलेको सरकारका बिरोधीहरुलाई एकजुट भएर बैकल्पिक सरकार बनाउनकालागि बाटो खोलिदिएको बताउदै प्रम ओलीले त्यसरी आउने सरकारलाई आफनो पार्टीले रचानात्मक रुपमा लिएर सहयोग गर्ने बताउनु भयो । 


के.पी.ओलीले शपथ लिएको बिषयमा प्रतिगमन भयो भनेर निकै हल्ला गरियो भन्दै प्रधानमंत्री ओलीले  प्रधानमंत्रीमा को नियुक्ति भयो भने प्रतिगमन हुने  को भयो भने क्रान्तिकारी हुने भन्ने नहुने प्रष्ट पार्नु भयो ।

 

जसले लोकतन्त्रको बिरुद्ध लडाई गर्यो जित्न नसकेपछि आधा मनले लोकतन्त्र स्वीकार गर्नेले हामीलाई लोकतन्त्र सिकाउन खोज्नु ठिक नभएको बताउनु भयो ।

 

 अहिले  आवेश उत्तेजनामा  होइन  गम्भिरता पूर्वक बिचार गरेर कोभिडको संक्रमणको नियन्त्रणमा साझा प्रयास  गर्नु पर्ने अवस्था रहेको चर्चा गर्दै प्रधानमंत्री ओलीले आफैलाई समर्थन गर्न वा बैकल्पिक सरकार निर्माण गर्न आव्हान गर्नु भयो । 


मलाई हटाउन दिनेको प्रतिक्षा गर्दै गर्दा यो संसद बिघठनको मोडमा पुग्न थालिसक्यो प्रधानमंत्री ओलीले भन्नु भयो यो अवस्था ल्याउनमा उहाँहरुकै योगदान छ , पत्रकार मित्रहरुलाई पनि यो बिषयमा बुझिदिन आग्रह  गर्दछु यसमा सम्बैधानिक प्रवन्ध भन्दा बाहिर केही छैन । 

उहाँले  राष्ट्रीय सहमतीको सरकार निर्माणकालागि दलहरुलाई सहकार्यमा आउन अपिल समेत गर्नु भयो  ।  आउनुहोस राष्ट्रिय सरकार सहमतीको आधारमा बनाऔ र कोभिडका बिरुद्ध लडौ । लोकतन्त्र भनेको अड्को थाप्ने पद्धती होइन यो बिधि र अनुशासनको शासन पद्धती हो उहाँले भन्नु भयो  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.