logo

लेखीद्वारा भएको लेखीको नियुक्ति नसच्याए आन्दोलनमा उत्रने आम सांस्कृतिक मोर्चाको  चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ असार १३ गते ०९: २७ मा प्रकाशित     1095   पटक पढिएको

जनकपुरधाम । चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा भएको नियुक्तिको बिषयलाई राजनीतिक दलका नेताहरुले पनि आलोचना गर्न शुरु गरेका छन ।

 

यद्धपी नियुक्तिको बिषय अदालतमा पनि प्रवेश गरेको छ । अदालतले मधेश प्रदेश सरकारको गृह  संचार तथा कानून मन्त्रालयलाई  कारण देखाउ आदेश जारी गरेको छ । 


मुद्धा अदालतमा बिचाराधिन भएपनि राजनीतिक संगठनले बिरोध गर्न भने छोडेका छैनन । सरकारले नियुक्त गरेको अध्यक्षको योग्यताको बिषयमा प्श्नहरु उठाइएको छ । 

 

पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य तथा आम सांस्कृतिक मोर्चाका केन्द्रीय इन्चार्ज विजय यादव ‘निर्विज’ ले मधेश प्रदेश सरकारले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेकोमा गम्भीर आपत्ति जनाएका छन्।

 

यादवले लेखीको नियुक्तिको आधार र योग्यतामाथि प्रश्न उठाउँदै तत्काल सच्याउन माग गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै यादवले गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीका भाइ भएकै आधारमा किशोर कुमार लेखीलाई नियुक्त गरिएको आरोप लगाएका छन्।

 

 यद्धपी लेखीले यस्तो आरोपको प्रतिवाद गर्दै आएका छन । यादवले उनले किशोर कुमार लेखीलाई चलचित्र, नाट्य, संगीत वा साहित्य कुनै पनि विधामा अनुभव नभएको व्यक्ति भन्दै यस किसिमको नियुक्तिले प्रदेश सरकारको सुशासनको नारामाथि प्रश्नचिह्न खडा गरेको बताएका छन्।

 

यादवले मधेश प्रदेशमा सक्षम कलाकार तथा संस्कृतिविद्हरूको अभाव नहुँदा नहुँदै पनि अनुभवहीन व्यक्तिलाई नियुक्ति गरिनुले ‘कार्यकर्ता भर्ना’को प्रवृत्ति देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री सिंहलाई यस विषयमा तत्काल ध्यानाकर्षण गराउँदै यदि यो नियुक्ति नसच्याइएमा आम सांस्कृतिक मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.