logo

जनमत पार्टीमा चौधरी र डा.राउतलाई राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी दिइयो

 इसीमाना सम्वाददाता     २०८२ असार १७ गते ०५: ५० मा प्रकाशित     621   पटक पढिएको

जनकपुर । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा दुइजना मनोनित भएका छन् । यही ८ असारमा पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार राष्ट्रिय उपाध्यक्षमा दुइजनालाइ मनोनित गरिएको जनमत सचिवालयले जनाएको छ ।

 


जनमत पार्टी सचिवालयका अनुसार कपिलवस्तु मायादेवी गाउँपालिका–१ निवासी पूर्वमन्त्री दान बहादुर चौधरी र सप्तरी महादेव गाउँपालिका निवासी वैज्ञानिक तथा नेता डा.जयकान्त राउतलाई उपाध्यक्षमा मनोनित गरिएको हो । 


नेता चौधरी २०३९ सालदेखि राजनीतिक सक्रियता जनाउँदै आएका छन् ।  उनले २०५६ सालमा नेकपा (एमाले) र २०६४ मा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट सांसदको रूपमा प्रतिनिधित्व गरेका थिए । 


चौधरी उद्योग, सामान्य प्रशासन महिला तथा बालबालिका मन्त्रालयका राज्यमन्त्री र समाज कल्याण मन्त्रीको रुपमा काम गरिसकेको जनाइएको छ । 


त्यस्तै, डा.जयकान्त राउत जनमत पार्टीको राष्ट्रिय परिषद्का संयोजक र संगठन विभाग प्रमुख हुन । उनी २०७( सालको संघीय निर्वाचनमा जनमत पार्टीको तर्फबाट सप्तरी–२ बाट उम्मेदवार बनेका थिए। उनी पार्टी अध्यक्ष डा.सी.के. राउतका ठुला दाजु हुन । 

 

पार्टीका अनुसार, दुवै नेताको लामो राजनीतिक अनुभव र पार्टीप्रतिको योगदानलाई मध्यनजर गर्दै उनीहरूलाई यो उच्च जिम्मेवारी प्रदान गरिएको हो।

 

यो मनोनयनसँगै जनमत पार्टीमा अब राष्ट्रिय उपाध्यक्षको संख्या ६ पुगेको छ। यसअघि अब्दुल खान ,बर्दिया, ई. बसन्त कुमार कुशवाहा रौतहट, ई. नरेन्द्र प्रसाद चौधरी कपिलवस्तु र नरसिंह चौधरी कपिलवस्तु केन्द्रीय उपाध्यक्षको रूपमा कार्यरत छन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.