logo

पत्रकार स्व.पाण्डेको स्मृतिमा २५ हजार राशीको पत्रकारिता पुरस्कारको घोषणा

      २०८२ असार २४ गते १२: ४० मा प्रकाशित     721   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले  बरिष्ठ पत्रकार स्व.सुर्दशनराज पाण्डेको स्मृतिमा पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

 

महासंघ पर्सा शाखाको हालै सम्पन्न बैठकले पुरस्कार स्थापनाको निर्णय गरेको शाखाका अध्यक्ष ओम प्रकाश खनालले जानकारी दिए ।


पुरस्कारको राशी २५ हजारको हुने बताइएको छ ।  भदौ २७ गते स्व. पाण्डेको स्मृति दिवसको अवसरमा पुरस्कार बितरण गरिने बताइएको छ ।

 

पुरस्कार बितरण कालागि शाखा अध्यक्ष खानालको अध्यक्षतामा उपाध्यक्ष निलिमा पौडे र सचिव बिजय महतो रहेको एउटा समिति निर्माण भएको छ ।

 

समितिले कार्यविधि निर्माण गर्ने छ । पर्सेली पत्रकारितामा सुर्दशनराज पाण्डे स्मरणीय नाम हो । धेरै पत्रकारका गुरु पाण्डेको मोफसलकै पत्रकारितामा महत्वपूर्ण योगदान रहेको छ ।

 

पत्रकारिताका आधारभूत सिद्धान्तको जगमा पत्रकारिता गरेका स्व. पाण्डे जनपक्षीय पत्रकारिताका खम्वा नै थिए । मेहनतकश मजदुर र किसानको जीवनमा समृद्धियुक्त परिर्वातन ल्यानकालागि पत्रकारिताका माध्यमले बिचार निर्माणको काममा संलग्न पाण्डले शोषीत बर्गको मुक्तिको प्रश्न पत्रकारिताको पनि प्रश्न हुनु पर्ने आवाज उठाउदै आएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.