logo

वीरगंजमा पानी संकट, सडकमा जनमत, मुख्यमन्त्री कार्यालयसमेत घेराउ गर्ने चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ असार २५ गते ०२: ३० मा प्रकाशित     950   पटक पढिएको

वीरगन्ज । वीरगन्ज र यसका आसपासका क्षेत्रहरूमा खानेपानीको चरम संकट उत्पन्न भएको छ।

पानीको अभावका कारण स्थानीय बासिन्दाहरूले बिहानदेखि बेलुकासम्म पानीकै खोजीमा भौंतारिनु परेको अवस्था छ। पानी अभाव एकाएक आएको समस्या भने होइन ।

 

 बिगत वर्षहरुमा पनि पानीको अभाव झेल्नु परेको थियो । तर पानी संकटलाई गम्भिरता पूर्वक नलिएका कारण अहिले हाहाकार हुन पुग्यो । नेपालमा अति भएर खती भएपछि मात्र सुन्ने चलन छ । अहिले मध्य तराईको पानीसंकटले पनि त्यही नियति भोग्दै छ ।

 


कोही कोहीलाई भने मुद्धा चाहिएको छ । पानी संकट समाधानमा पूर्व तयारी नगर्नेहरुका कारण मुद्धाहरु बन्छन । त्यसैले त मधेशको प्रमुख सत्ता घटक दल जनमतले “जल सत्याग्रह” नामको आन्दोलन छेडेको छ । 

 

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले गाग्री र बाल्टिन बोकेर सडकमा उत्रिएका छन्। उनीहरूले ‘पानी दे या मारी दे’, ‘तीनै तहको सरकार मुर्दाबाद’ खानेपानी मन्त्री मूर्दावाद,  ‘वीरगन्जमा पानीको लागि विशेष प्याकेजको घोषणा गर’ लगायतका नारा लगाएका छन्।

 

आन्दोलनकारीहरूले वीरगन्ज र पर्सा जिल्लालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेज लागू गर्न माग गरेका छन्।

 

यो समस्या समाधानका लागि सरकार गम्भीर नभएको र वीरगन्जलाई उपेक्षित गरेको आरोप जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले लगाएका छन् ।

 

 उनीहरूले आफूहरू जनताको आवाज बुलन्द गर्न बाध्य भएको र आवश्यक परे मुख्यमन्त्री कार्यालयसमेत घेराउ गर्ने चेतावनी दिएका छन्। यो आन्दोलन आफ्नो पार्टीको सरकारविरुद्ध भए पनि जनमत पार्टी जनताको हकका लागि लड्न पछि नहट्ने नेता सर्राफले स्पष्ट पारेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.