logo

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागि हुने ,गृह सहित आठ मंत्रालय पाउने

      5/31/2021 गते 00 00 मा प्रकाशित     1016   पटक पढिएको

जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । औपचारिक निर्णय नभइसकेपनि जसपाको महन्थ ठाकुर समूहले सरकारमा जाने तयारीसँगै मन्त्रालय र संख्याबारे छलफल बढाएको छ ।

 

आज जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेट सरकारमा सहभागिता र राजनीतिक लेनदेनबारे केन्द्रित भएको बुझिएको छ । राजेन्द्र महतोको नेतृत्वमा गृृहसहित दश मन्त्रालय जसपालाई दिने ओलीको तयारी छ ।

 

मन्त्रालयको बाँडफाँडको कुरा मिलेपछि यसै हप्ता जसपा सरकारमा जाने निश्चितप्रायः छ । जसपा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने बुझिएको छ । महतोले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय पाउने सम्भावना रहेको छ ।

 

मन्त्री बन्ने सूचीमा शरतसिंह भण्डारी, बिमल श्रीवास्तव, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मन्त्री बनाउने निश्चितप्रायः छ । मन्त्री बन्ने दौडमा ठाकुर समूहका अन्य नेताहरु पनि छन् ।

 

बालुवाटारमा बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाले बैठकमा जसपाको माग मुद्दा सम्बोधन गराउने विषयमा समीक्षात्मक छलफल भएको जानकारी दिनुभयो । मन्त्रालयको भागवण्डाबारेमा प्रधानमन्त्री र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच सहमति हुनसक्ने तर बैठकमा त्यसबारे जानकारी नगराइएको उहाँले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.