logo

गादीमा प्रसुती केन्द्रको उद्घाटन, पर्सा जिल्लामै नमुनाको रुपमा संचालन गरिने अध्यक्ष गैरेको भनाई

 इसीमाना सम्वाददाता     २०८२ सावन १० गते ०४: ०० मा प्रकाशित     1437   पटक पढिएको

वीरगंज ।  पटेर्वा सुगौली गाउँपालिका–२ स्थित गादी स्वास्थ्य चौकी मा प्रसुती केन्द्रको शनिवार उद्घाटन गरिएको छ ।

 

 परिसरमा निर्माण गरिएको अत्याधुनिक सुविधासम्पन्न दुई तले प्रसुति केन्द्रको पाकिा अध्यक्ष दिनेश कुमार चौधरीले उद्घाटन गरेका हुन।

समारोहमा वडाध्यक्ष, पालिकाका पदाधिकारी, स्वास्थ्यकर्मी, स्थानीय बासिन्दा, पत्रकार लगायतको सहभागिता रहेको थियो । केन्द्रको निर्माणले स्थानीय खुशी छन ।

 

सुरक्षीत प्रसुतीका निम्ति आफ्नै ठाउमा स्तरीय सेवा लिन पाउने भउपछि स्थानीयले खुशी ब्यक्त गरेका हुन  । पटेर्वा सुगौली गाउँपालिकाको वडा न २ मा एम्बुलेन्स पनि संचालनमा छ ।

 

May be an image of one or more people and crowd

 प्रसुतीकेन्द्रको निर्माण एम्बुलेन्स सेवा र दक्ष प्रावधिक जनशक्तिको उपलब्धताका कारण महिलाहरुकालागि केन्द्रको संचालन महत्वपूर्ण रहेको वडा नं २ का अध्यक्ष बिजय गैरेले बताए ।


पालिका अध्यक्ष दिनेश चौधरीले शिक्षा स्वाथ्यको क्षेत्रमा पालिकाको ध्यान गएको बताए । उनले केन्द्रको निर्माणले गादी स्वास्थ्य सेवाको केन्द्र बन्ने बिश्वास बयक्त गरे ।

 

संघीय सरकारको ७३ लाख र पालिकाको ३२ लाख रुपौयको लागतमा प्रसुती केन्द्र निर्माण भएको हो ।  

 

स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष  एवं वडा नं २ का अध्यष विजय गैरेले अनुभवी चिकित्सक, नवजात शिशुका लागि आवश्यक उपकरण, चेकजाँच र औषधि निःशुल्क उपलब्ध हुने बताए  । उनले  गादीमा स्थापित प्रसुति केन्द्र पर्सा जिल्लामै सुविधायुक्त र नमुनाको रुपमा रहने बताए । 

 

कार्यक्रममा पालिका उपाध्यक्ष ममता महतो वडाध्यक्ष विजय गैरे, वडा नं. १ का अध्यक्ष फरमान अन्सारी, वडा नं. ४ का अध्यक्ष बासु पजियार थारु, कार्यपालिका सदस्यहरू, बुद्धिजीवी, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.