logo

नागरिक उन्मुक्ति पार्टी श्रेष्ठ बर्खास्त, रेशम पिता लालबिर चौधरी बने अध्यक्ष

 इसीमाना सम्बाददाता     २०८२ सावन १५ गते ०५: ४९ मा प्रकाशित     663   पटक पढिएको

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो रन्जीता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको छ ।


 पार्टीको काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्य लालवीर चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै रन्जीतालाई साधारण सदस्य समेत नरहनेगरि बरखास्त गरेको हो।

 

अध्यक्ष चौधरी रेशमलाल चौधरीका पिता हुन । उनी बर्खास्तगीमा परेकी रन्जीताका ससुरा बा हुन ।


 श्रेष्ठमाथि पार्टी निर्णय प्रक्रियामा एकल निर्णय, अधिनायकवादी शैली र विधानविपरीत गतिविधि गरेको आरोप लगाउँदै अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको थियो।

 

लालवीर चौधरी कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् र नाउपाभित्र प्रभावशाली नेता हुन । 

 

यद्यपि अध्यक्ष श्रेष्ठले आफ्नो पदबाट हटाइएको निर्णय अवैध र विधानविपरीत भन्दै पहिले नै संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधिसकेकी छिन्, र निर्वाचन आयोगमा समेत पत्र पठाइसकेकी छिन्।

 

अध्यक्ष तोकिएपछि चौधरीले विधि र पद्धतीअनुसार नै पार्टीलाई निकास दिनको लागि यो निर्णयमा पुगेको बताए। उनले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए। चौधरीले डेढ वर्षदेखि पार्टीको बैठक नराखेको बताए।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.