logo

सर्वोच्चको परमादेश बिरुद्ध वीरगंजमा जसपाको प्रर्दशन

 इसीमाना सम्वाददाता     २०८२ भदौ ५ गते ०३: ३२ मा प्रकाशित     772   पटक पढिएको

वीरगन्ज । सर्वोच्च अदालतको परामदेश बिरुद्ध जसपा आन्दोलीत भएको छ । सर्वोचच अदालतले  गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी नेपाल आन्दोलित भएको हो।

 

अदालतको आदेश बिरुद्ध पार्टीका कार्यकर्ताले बिहिवार जसपाका कार्यकर्ताहरूले आज वीरगन्जको घण्टाघरमा प्रदर्शन गरेका छन्। उनीहरुले अदालतको आदेशलाई राजनीतिक प्रतिशोधको संज्ञा दिदै बिरोध गरेका छन ।

 

प्रदर्शनका क्रममा पार्टीका कार्यकर्ताहरूले विभिन्न नाराबाजी गर्दै अदालतको फैसलाको विरोध गरे। उनीहरूले सर्वोच्च अदालतको यो निर्णय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको र यसले मधेश आन्दोलनका उपलब्धिहरूलाई समाप्त पार्न खोजेको आरोप लगाए।

 

जसपाका नेताहरूका अनुसार, यो मुद्दा पुनः उठाउनुको मुख्य उद्देश्य पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक रूपमा कमजोर बनाउनु हो।

 

 गौर हत्याकाण्डको छानबिनको मांगले पार्टीको उच्च नेतृत्वमाथि सीधा निशाना साँधिएको भन्दै उनीहरूले यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

 

पार्टीका शीर्ष नेताहरूले अदालतको कदमलाई गम्भीरतापूर्वक लिएका छन् र यसको विरोधमा देशभर आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने तयारी गरेका छन्।

 

उनीहरूले मधेश आन्दोलन र यसका नेताहरूको सुरक्षाका लागि सबै पक्षलाई एकजुट हुन आह्वान पनि गरेका छन्। पार्टीका पर्सा अध्यक्ष रामनरश यादवको नेतृत्वमा बिरोध प्रर्दशन भएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.