logo

महिलाका बिषयमा प्यानल छलफल सम्पन्न, बिशिष्ठ योगदान दिने महिलाहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०८२ भदौ ६ गते ०९: ०१ मा प्रकाशित     406   पटक पढिएको

वीरगंज । मध्य नेपाल प्रा.ली.ले संचालन गरेको पोडकास्टको १ सय अंक पुगेको अवसरमा वीरगंजमा भब्य कार्यक्रम सम्पन्न भएको छ । 

 


क्लासिक ब्याक्वेटमा आयोजना गरिएको कार्यक्रममा “नेतृत्वमा के चाहन्छन महिला” बिषयक  प्यानल छलफल सम्पन्न भएको छ ।

 

कार्यक्रममा नेकपा एमाले पोलिट ब्यूरो सदस्य ,प्रतिनिधि सभाका सदस्य एवं पूर्व मन्त्री ज्वाला साह, राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष शेख चाँद तारा, संचारिक समुहका मधेश प्रदेश अध्यक्ष सुनिता बराल एवं उद्यमी महिला स्वेता गुप्ताले  प्यानल छलफलमा सहभागि थिए । छलफलको संचालन मध्य नेपाल मिडिया प्रालीका सम्पादक कविता खड्काले संचालन गरेकी थिइन ।


प्यानल छलफलमा सहभागिहरुले हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता, महिलाले भोग्नु परेका समस्या, समाजले हेर्ने दृष्टिकोण , महिलाको हितमा भएका उपलब्धीपूर्ण कामहरुको बिषयमा प्रकाश पारेका थिए । 

 


कार्यक्रममा समाजिक क्षेत्रमा बिशिष्ट योगदान दिएका मध्य वीरगंज महानगरपालिकाका पूर्व उपप्रमुख सुश्री शान्ति कार्की, पवित्रा गजुरेल, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, सीमराकी सहकारीकर्मी अनता लम्साल,लाई अवाृड प्रदान गरिएको थियो ।

 

कार्यक्रममा दलित महिलाको हक हितका निम्ति क्रियाशिल निला राम ,दीप ज्योती श्रेष्ठ, पूर्णिमा कडेल, डा. मोनिका सिंह लगायतलाई सम्मान गरिएको थियो । कविता खडकाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.