logo

मधेश प्रदेशमा राजनीतिक विवाद बढ्दै, मुख्यमन्त्री सिंहले राजीनामा दिन अस्वीकार

 इसीमाना सम्बाददाता     २०८२ असोज १ गते ०९: १३ मा प्रकाशित     459   पटक पढिएको

जनकपुरधाम । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराए पनि सिंहले पदबाट राजीनामा दिन अस्वीकार गरेका छन्।

 

पार्टीका दुई मन्त्रीले भने आफ्नो पदबाट राजीनामा दिएका छन्, तर मुख्यमन्त्री सिंहले आफू पदमा रहने र प्रदेश सभामा विश्वासको मत लिएर अघि बढ्ने स्पष्ट पारेका छन्।

 

उनले जेनजी आन्दोलनका क्रममा पहिले राजीनामाको घोषणा गरेर पछि फिर्ता लिएको कुरालाई आधार बनाएर यसपटक  पार्टीले पनि फिर्ता बोलाउने पत्रलेखेको छ ।

 

 तथापी सिंहले राजीनामा नदिने अडान लिएका हुन्। सिंहले भने, “म राजीनामा दिन्नँ, प्रदेशसभामा जे हुन्छ, त्यसैलाई सामना गर्छु।” साथै उनले राजीनामाको विषयलाई पार्टीका केही नेताले गिजोलेको आरोप पनि लगाएका छन्।

 

सिंहको यो अडानले संवैधानिक र कानूनी बहस सुरु भएको छ। संविधानविद्हरूका अनुसार, पार्टीले पत्र पठाए पनि मुख्यमन्त्रीले अनिवार्य रूपमा पद छाड्नुपर्ने व्यवस्था छैन।

 

तर पूर्वमुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भने, पार्टीको पत्रको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने र यदि दिनेन भने प्रदेश प्रमुखले सभामुखमार्फत उनलाई हटाउन सक्ने संवैधानिक व्यवस्था रहेको बताउँछन्।

 

यद्यपि, प्रदेश प्रमुखको कार्यालयले कानुनी विज्ञहरूसँग परामर्श गर्दा पार्टीको पत्रकै आधारमा मुख्यमन्त्रीलाई हटाउन नमिल्ने सुझाव आएको जनाएको छ।

 

 प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी हाल काठमाडौंमा भएकी भएकाले, उनी जनकपुर फर्किएपछि यस विषयमा थप छलफल गरी निर्णय लिइने कार्यालयले जनाएको छ।

 

मुख्यमन्त्री सिंहको अडानले मधेश प्रदेशको राजनीतिक अवस्था अझै जटिल हुने देखिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.