logo

वीरगञ्जमा नेकपा एमालेद्वारा संविधान दिवस विशेष कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ असोज ३ गते ०७: ५५ मा प्रकाशित     413   पटक पढिएको

वीरगञ्ज । संविधान दिवस–२०८२ को अवसरमा नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले आज एक विशेष कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ।

 

 

कार्यक्रममा पार्टीका जिल्ला र महानगर स्तरका पदाधिकारी, जनप्रतिनिधि, महिला तथा युवा संगठनका प्रतिनिधि, कार्यकर्ता र स्थानीय सरोकारवालाको उत्साहजनक उपस्थिति रहेको थियो।

 

कार्यक्रममा  अतिथिका रूपमा सम्बोधन गर्दै नेताहरूले २०७२ सालमा जारी भएको नेपालको संविधानलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै यसको संरक्षण र कार्यान्वयन सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।

 

पार्टीका मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय, समानता र समावेशी अधिकारलाई संविधानको मेरुदण्डका रूपमा व्याख्या गर्दै त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सबै तह र तप्काले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।

 

उनले शान्तिपूर्ण जनक्रान्तिको जगमा स्थापित संबिधान कसैको निगाहमा नवनेको चर्चा गर्दै त्यही संबिधान समाप्तकालागि बिभिन्न कोणबाट भएका षडयन्त्र भएकोले सचेत हुनु पर्नेमा जोड दिए । 

 

कार्यक्रममा  पार्टीका केन्द्रीय सल्लाहकार एवं वीरगंज महानगरका निर्वतमान प्रमुख बिजय कुमार सरावगी लगायतका नेताहरुले संबिधानको रक्षाका निम्ति नेकपा एालेको भूमिकाको बारेमा र्चा गरेका थिए । कार्यक्रममा सहभागीहरूले नेपालको संविधानलाई राष्ट्रिय एकता र समृद्ध भविष्यको आधारशिला भन्दै दीर्घायुको कामना गरेका थिए।

 

एमाले वीरगञ्ज महानगर कमिटीका पदाधिकारीहरूले संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा मनाइरहनुपर्ने बताए। साथै, उनले संविधानका मर्म र भावना कार्यान्वयन गर्ने प्रक्रियामा एमाले सदैव अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.