logo

मधेश प्रदेश सरकार अल्पमतमा, कांग्रेसले समर्थन फिर्ता लियो

 इसीमाना सम्वाददाता     २०८२ असोज ८ गते १२: ३८ मा प्रकाशित     289   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ। सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

 

उसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउन निर्देशन दिइएको पार्टीको संसदीय दलका नेता कृष्ण यादवले जानकारी दिए । यससँगै सरकार अल्पमतमा पुगेको छ र राजनीतिक संकटमा फसेको छ।

 

बुधबार बिहान जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता कृष्णा यादवले जानकारी दिएका हुन। यादवका अनुसार, “जनमत पार्टीले सरकारबाट बाहिरिएपछि हामी पनि सरकारमा बसिरहनु उचित नहुने निष्कर्षमा पुगेका छौं। 

 

मुख्यमन्त्री सतिश कुमार सिंहले करिब १६ महिनाअघि कांग्रेस, जनमत पार्टी, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को चार दलीय गठबन्धनसँग सरकार गठन गरेका थिए। तर, भदौ २८ गते जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकारमा अस्थिरता बढ्न थालेको थियो। त्यसपछिका छलफल र विचार(विमर्शपछि कांग्रेसले पनि आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको देखिन्छ।

 

कांग्रेसको समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री सिंहको सरकारमा एमाले र लोसपा मात्रै बाँकी रहेका छन्। जनमत र कांग्रेसको बहिर्गमनसँगै मधेश प्रदेश सरकार अल्पमतमा पुगेको छ। यस परिस्थितिले मुख्यमन्त्रीलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना गरेको छ र प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.