logo

बानेश्वरमा  भएको घटनामा आफ्नो हात छैनः पूर्व प्रधानमन्त्री ओली

 इसीमाना सम्वाददाता     २०८२ असोज ११ गते ०५: ५० मा प्रकाशित     278   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते बानेश्वरमा  भएको घटनामा आफ्नो हात नभएको बताएका छन  ।  

 


बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो घटनाको निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न माग गरे  ।

 

आफूले २३ गते साँझ नै सो घटना कसरी भयो भनेर छानबिन गर्ने आयोग बनाउने भनेको उनले स्मरण गराए  । अहिलेको सरकारले छानबिन समिति बनाएको बताउँदै उनले  त्यसले सत्य तथ्य सार्वजनिक गर्ने  विश्वास व्यक्त गरे  ।

 

‘कसरी त्यस्तो घटना भयो ? त्यसको लागि छानबिन गर्न आयोग बनेको छ, घटनाको निष्पक्ष छानबिन होला, त्यसमा म विश्वस्त छु’, उनले भने । 


२३ गते सुरक्षाको बारेमा आफूले बालुवाटारबाट पटक पटक जानकारी लिएको बताउँदै  गोली हान्ने कुनै आदेश नदिएको बताए । 

 

‘बालुवाटारमा सोधेर बसिरहेको थिए, क्याजल्टि नहोस्, क्षति नहोस्, त्यही कामना गरेर बसिरहेको थिएँ, गोली चल्यो भनेको सुनेपछि, गोली कसरी चल्यो ? गोली चलाउने तहमा कसरी पुग्यो ? भनेर मैले सोधिरहेको छु, पछि मैले सुने १४ जनाको निधन भइसक्यो, कसरी मारिए १४ जना युवाहरू ? मैले खोजेको छु, मैले सोधेँ कसरी मरे युवाहरू कहाँ गोली लाग्यो ? टाउकोमा, छातीमा, अनि सुरक्षा फोर्सले त घुँडा मुनि हान्ने चलन हुन्छ घुँडा मुनि हानेको हुन्छ, कसरी टाउका टाउकामा गोली लाग्यो ? म सोध्दै छु–यस्तो किन भइराखेको छ ? कसरी रोक्न सकिन्छ यस कुरालाई ? म भन्दै छु, अनि म त्यसरी रक्तपात नहोस् देशमा भनेर भनेको भनेकै गर्ने, सोचेको सोचेकै गर्ने, अनि जसले त्यो उपद्रो मच्चाउँछ, उसले केपी ओली दोषी भनेको भनेकै गर्ने, बहुतै दुखद घटना घट्यो, वास्तवमा म स्तब्ध भएको छु, अत्यन्तै दुखित छु, यो कसरी भयो ?’, उनले भने  । 


भदौ २३ गते क्षति भएपछि थप क्षति नहोस् भनि आफूले भदौ २४ गते बिहान साँढे ११ बजे नै राजीनामा दिएको  बताए  । आफूले राजीनामा दिएपछि देश जलाइएको उनले सुनाए । ‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाए पछि राजीनामा दिएँ’, उनले भने  । 


भदौ २३, र २४ गतेको घटनाको सत्य तथ्य पत्ता लगाउन आयोगको प्रतिवेदन पर्खनु पर्ने उनको भनाई छ ।  

 

ओलीले जेनजीको नाममा केही युवालाई गुहराममा पारेर उद्योगहरूमा आगो लगाउने, सम्पदाहरू जलाउने, प्रहरी मार्ने र लुटपाट मच्चाउने काम भएको बताए  ।

 

तर जेनजिका युवाबाट त्यो काम नभएको र हुन नसक्ने ओलीको भनाइ छ । देशमा आगो लगाउनेलाई ओलीको प्रश्न थियो–‘के खरानी माथि बसेर सुखी हुन सक्नुहुन्छ तपाईँ भविष्यमा ?’ 


नेपालको नयाँ पुस्ताले सिंहदरबार, संसद्, अदालत, होटेल, उद्योगमा आगो लगाउनै नसक्ने उनले  दाबी गरे । जेनजी यस दोषबाट मुक्त हुनु पर्नेमा उनले जोड दिए । 


जेनजी आन्दोलनको नाममा प्रहरीको ब्यारिकेट तोड्ने काम गरिएको उनले बताए । प्रहरीको ब्यारिकेट तोडिने बित्तिकै जेनजीले आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेको भन्दै उनले भदौ २३ गते बानेश्वरको घटनामा जेनजीको हात नभएको स्पष्ट पारे । केही युवालाई घेरा हालेर बानेश्वर लगी घटना घटाइएको ओलीको भनाइ छ । 


उनले  नयाँ परिवेशमा सम्पूर्ण राजनीतिक दल, नागरिक संस्था र नागरिकलाई राष्ट्र र राष्ट्रियताको पक्षमा उभिन आग्रह गरे । संवैधानिक, कानुनी र लोकतान्त्रिक बाटोबाट समस्याको समाधान खोजिन पर्ने बताए  ।

 

उनले  राष्ट्रलाई जोगाउन यतिबेला राष्ट्रिय एकता आवश्यक रहेको बताए  । बसेर छलफल गरी समस्याको समाधान खोज्नु पर्ने उनको धारणा छ । 


अहिले प्रहरीका हतियार र गोली खोसिएको, ६ हजार भन्दा बढी मुद्दाका कैदी बन्दीहरू जेलबाट फरार गराइएको ओलीले बताए  । अहिले समाजलाई अतंकित बनाउने काम गरिएको ओलीको भनाइ छ ।

 

उनले कैदी बन्दिलाई जेल फर्कन र प्रहरीका खोसिएका हतियार फिर्ता गर्न पनि आग्रह गरेका छन । ‘समाजमा कानुका राज र थिति बसाउन सबैमा म आह्वान गर्दछु’, उनले भने । 


ओलीले एमालेका नेता कार्यकर्ताको घर छानिछानी आगो लगाइएको बताउँदै उनले  एमालेजन र सिङ्गो देशवासीलाई हरेस नखान आग्रह गरे । राष्ट्र जोगाउन र राष्ट्रलाई समृद्धिको बाटोमा लैजान सबैलाई रिसराग त्याग्न पनि उनले आह्वान गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.