logo

मधेशमा सत्ता समीकरण फेरिँदै, सिंहको विश्वासको मत ‘राजनीतिक बेइमानीको जवाफ’ कि अन्तिम संघर्ष ?

 इसीमाना सम्वाददाता     २०८२ असोज २५ गते ०६: ४० मा प्रकाशित     355   पटक पढिएको

जनकपुरधाम ।  मधेश प्रदेशको सत्ता फेरि संकटमा छ। नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको दाबी पेश गरिरहँदा, जनमत पार्टीका नेता तथा मुख्यमन्त्री सतीशकुमार सिंह भने अल्पमतको अवस्थामै प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा छन।

 

२४ भदौमा ‘जेन–जी आन्दोलन’ चलिरहेकै बेला सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका सिंह अहिले पुनः विश्वासको मतको तयारीमा लाग्नुले प्रदेश राजनीतिमा नयाँ मोड ल्याएको छ।

 

करिब १५ महिनाअघि जनमत पार्टीका तर्फबाट नेकपा .एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी  र साना दलहरूको समर्थनमा सिंह मुख्यमन्त्री बनेका थिए। तर समयक्रममा ती सबै दलहरूले समर्थन फिर्ता लिएपछि उनी पूर्ण रूपमा अल्पमतमा परेका छन।

 

जनमत पार्टीले समेत पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै सिंहलाई फिर्ता बोलाइसकेको छ। तर सिंह आफ्नै राजनीतिक अस्तित्व र नीतिगत अडानका कारण पद नत्याग्ने मोडमा छन। 

 

उनका अनुसार, ‘सुरुमा कांग्रेस र एमालेका नेताहरूले राजीनामा नदिन अनुरोध गरे। म उनीहरूको आग्रहमा टिकें, तर अहिले आएर उनीहरूले बेइमानी गरे।’

 

मधेश प्रदेश विगत केही वर्षदेखि नै सत्ता–सन्तुलनको अस्थिर घेरामा छ। प्रायः सबै मुख्यमन्त्रीहरू विश्वासको मत वा समर्थन फिर्ताको कारणले बारम्बार सत्ताबाट बाहिरिएका छन।

 

 सिंहको केस पनि त्यसैको निरन्तरता हो— जहाँ पार्टी निर्णय, व्यक्तिगत प्रतिष्ठा र शक्ति समीकरणबीच टकराव छ।

विश्लेषकहरूका अनुसार, सिंहको यो कदम ‘संविधानिक औपचारिकता मात्र नभई राजनीतिक सन्देश’ पनि हो।

 

उनी विश्वासको मत जित्ने सम्भावना कम भए पनि, यस कदममार्फत आफ्नो पक्षमा जनमत र सहानुभूति जुटाउने प्रयास गरिरहेका छन्।


अर्कातर्फ, नेपाली कांग्रेसले मधेश प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको दाबी गरिसकेको छ।

 

 कांग्रेसले जनमत, माओवादी लोसपा र अन्य साना दलहरूलाई साथमा लिएर नयाँ गठबन्धन बनाउने प्रयास गरिरहेको छ।

 

 यस कदमले मधेशको सत्ता फेरि नयाँ राजनीतिक समीकरणमा पुनर्गठित हुने संकेत दिएको छ।


मुख्यमन्त्री सिंहको विश्वासको मतप्रति सबैको नजर केन्द्रित छ। यो मत जित्नु उनको लागि लगभग असम्भव देखिए पनि, उनले राजनीतिक नैतिकता र बेइमानीको प्रश्न उठाउँदै आफूलाई ‘पीडित’ नेताको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन।

 सिंहको विश्वासको मत केवल एक प्रदेश सरकारको संकट होइन, मधेशको स्थायित्व र प्रदेश–राजनीतिक परिपक्वताको परीक्षा पनि हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.