logo

जेनजी आन्दोलनका अगुवाविरुद्ध मधेश भरि उजुरी ,वीरगन्जमा  युवा संघको शक्ति प्रदर्शन

 इसीमाना सम्वाददाता     २०८२ असोज २७ गते ०४: २१ मा प्रकाशित     183   पटक पढिएको

वीरगन्ज  ।भदौ २४ गतेको जेनजी विद्रोहको ठिक ३३ दिनपछि नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले वीरगन्जमा शक्ति प्रदर्शन गरेको छ।

 

‘जेनजी आन्दोलन’का अगुवाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गर्नुअघि युवा संघले नगरमा ठूलो मोटरसाइकल र्‍याली निकाल्दै आफ्नो बल प्रदर्शन गरेको हो। अध्यक्ष सुुभाष साहको नेतृत्वमा  र्‍याली गरिएको हो । 

 

राष्ट्रिय युवा संघ, पर्साले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङसहित जेनजी आन्दोलनका अगुवाहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ।

 

यसैगरी युवा संघ, बाराले पनि आज जिल्ला प्रहरी कार्यालयमा सुदन गुरुङ र बालेन शाहविरुद्ध जाहेरी दिएको छ। अध्यक्ष सदाम अन्सारीको नेतृत्वमा मोटरसाइकल र्‍यालीसहित पुगेका युवा कार्यकर्ताले उजुरी बुझाएका हुन।

 

राष्ट्रिय युवा संघको केन्द्रीय सर्कुलर अनुसार सोमबार मधेश प्रदेशका आठै जिल्लामा मेयर शाह र संयोजक गुरुङसहित आन्दोलनका अगुवा तथा समर्थकहरूविरुद्ध उजुरी दर्ता अभियान सञ्चालन गरिएको हो।

 

युवा संघ, पर्साका अध्यक्ष सुवास साहका अनुसार उजुरीमा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयहरूमा भएको तोडफोड र आगजनीमा बालेन शाह र सुदन गुरुङको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाइएको छ।

 

उजुरी बुझाउने क्रममा युवा संघले दुवैलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरेको छ।

 

उजुरी दर्ता गर्नु अघि वीरगन्जमा निकालिएको मोटरसाइकल र्‍याली जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भई नगर परिक्रमा गर्दै लालबङ्गलामा पुगेर समापन भएको थियो।

 

राष्ट्रिय युवा संघका अध्यक्ष सुवास साहले उजुरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिपराज पाठकलाई हस्तान्तरण गरेका थिए। उजुरी बुझ्दै एसपी पाठकले कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाइने बताए।

 

उजुरी दर्ता कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, वीरगन्ज महानगर इन्चार्ज बिचारी यादव, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, युवा संघका केन्द्रीय सदस्य रवि गुप्तालगायत सयौँ युवा नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

 

त्यस्तै, राष्ट्रिय युवा संघका रौतहटका नेताहरूले पनि सोमबार मेयर बालेन शाह र संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गरेका छन्।
उक्त जाहेरी संघका केन्द्रीय सदस्य बजरङ्गी गुप्ता र जिल्ला इन्चार्ज सन्तोष साहले हस्ताक्षर गरी बुझाएको र युवा नेता सञ्जीव यादवले जानकारी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.