logo

जेनजी आन्दोलनका अगुवाविरुद्ध मधेश भरि उजुरी ,वीरगन्जमा  युवा संघको शक्ति प्रदर्शन

 इसीमाना सम्वाददाता     २०८२ असोज २७ गते ०४: २१ मा प्रकाशित     333   पटक पढिएको

वीरगन्ज  ।भदौ २४ गतेको जेनजी विद्रोहको ठिक ३३ दिनपछि नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले वीरगन्जमा शक्ति प्रदर्शन गरेको छ।

 

‘जेनजी आन्दोलन’का अगुवाविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गर्नुअघि युवा संघले नगरमा ठूलो मोटरसाइकल र्‍याली निकाल्दै आफ्नो बल प्रदर्शन गरेको हो। अध्यक्ष सुुभाष साहको नेतृत्वमा  र्‍याली गरिएको हो । 

 

राष्ट्रिय युवा संघ, पर्साले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङसहित जेनजी आन्दोलनका अगुवाहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ।

 

यसैगरी युवा संघ, बाराले पनि आज जिल्ला प्रहरी कार्यालयमा सुदन गुरुङ र बालेन शाहविरुद्ध जाहेरी दिएको छ। अध्यक्ष सदाम अन्सारीको नेतृत्वमा मोटरसाइकल र्‍यालीसहित पुगेका युवा कार्यकर्ताले उजुरी बुझाएका हुन।

 

राष्ट्रिय युवा संघको केन्द्रीय सर्कुलर अनुसार सोमबार मधेश प्रदेशका आठै जिल्लामा मेयर शाह र संयोजक गुरुङसहित आन्दोलनका अगुवा तथा समर्थकहरूविरुद्ध उजुरी दर्ता अभियान सञ्चालन गरिएको हो।

 

युवा संघ, पर्साका अध्यक्ष सुवास साहका अनुसार उजुरीमा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न प्रहरी कार्यालयहरूमा भएको तोडफोड र आगजनीमा बालेन शाह र सुदन गुरुङको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाइएको छ।

 

उजुरी बुझाउने क्रममा युवा संघले दुवैलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरेको छ।

 

उजुरी दर्ता गर्नु अघि वीरगन्जमा निकालिएको मोटरसाइकल र्‍याली जिल्ला समन्वय समितिको प्राङ्गणबाट सुरु भई नगर परिक्रमा गर्दै लालबङ्गलामा पुगेर समापन भएको थियो।

 

राष्ट्रिय युवा संघका अध्यक्ष सुवास साहले उजुरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिपराज पाठकलाई हस्तान्तरण गरेका थिए। उजुरी बुझ्दै एसपी पाठकले कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाइने बताए।

 

उजुरी दर्ता कार्यक्रममा एमालेका केन्द्रीय सदस्य प्रभु हजरा, वीरगन्ज महानगर इन्चार्ज बिचारी यादव, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, युवा संघका केन्द्रीय सदस्य रवि गुप्तालगायत सयौँ युवा नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

 

त्यस्तै, राष्ट्रिय युवा संघका रौतहटका नेताहरूले पनि सोमबार मेयर बालेन शाह र संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गरेका छन्।
उक्त जाहेरी संघका केन्द्रीय सदस्य बजरङ्गी गुप्ता र जिल्ला इन्चार्ज सन्तोष साहले हस्ताक्षर गरी बुझाएको र युवा नेता सञ्जीव यादवले जानकारी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.