logo

जनमत पार्टी विभाजन, मुख्यमन्त्री सिंह जनस्वराजमा

 इसीमाना सम्वाददाता     २०८२ असोज २९ गते ०३: ०३ मा प्रकाशित     271   पटक पढिएको

जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी औपचारिक रूपमा विभाजन भएको छ। मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनमत पार्टी परित्याग गरी नयाँ गठन भएको जनस्वराज (जस्वपा) पार्टीको पक्षमा सनाखत गरेका छन्।

 

सिंहले बुधवार प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर जनस्वराज पार्टीका प्रदेश सभा सदस्यका रूपमा आफ्नो सनाखत गरेका हुन्। जनमत पार्टीबाट निस्कासित दीपक कुमार साहको अध्यक्षतामा हिजो मात्र  नयाँ दल जनस्वराज पार्टी दर्ता भएको थियो।

 

यससँगै जनमतका पूर्वमन्त्री त्रिभुवन साहले पनि जनस्वराजमा सनाखत गरेका छन्। हालसम्म दुई जना प्रदेश सभा सदस्यले नयाँ दलको समर्थनमा सनाखत गरिसकेका छन्।

 

स्रोतका अनुसार, कम्तीमा पाँच जना सांसदले जनस्वराजको समर्थन गरेमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेतृत्वमा रहेको सरकारको बहुमत संकटमा पर्न सक्ने देखिएको छ।

 

उता, नेपाली कांग्रेस र नेकपा एमालेले सिंहलाई पुनः मुख्यमन्त्री बनाउने सहमति जनाएपछि, उनीहरूको समर्थनमा सिंहकै नेतृत्वमा नयाँ सरकार गठनको दाबी प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएको छ। सिंहले हिजो विश्वासको मत सुनिश्चित गर्न नसकेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

 

प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि आज दिउँसो ४ बजेसम्म दाबी पेश गर्न समय निर्धारण गरेको थियो।

 

यसैबीच, सिंह जनमत पार्टी परित्याग गरी जनस्वराजमा सनाखत गर्न निर्वाचन कार्यालय जाँदै गर्दा कार्यकर्ताबीच झडप भएको छ। कार्यकर्ताहरूले सिंहलाई कार्यालय प्रवेश गर्न नदिने प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको र सामान्य झडप भएको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.