logo

मगरु अव तोहरा बजाई डमरुः महानगर प्रमुख सिंह

 इसीमाना सम्वाददाता     २०८२ असोज २९ गते ०४: ०३ मा प्रकाशित     213   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफनै पार्टीका कार्यकर्ता भूमिका प्रति गहिरो असन्तुष्टि ब्यक्त गरेका छन ।

 

उनले पार्टीले बुधवार वीरगंजको नगरसभागृहमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मंच अगाडि बसेको पार्टीका कार्यकर्तालाई हेर्दै भने तपाइहरुकै कारण मेरो र मन्त्री जी (प्रदीप यादव) को घरमा आगजनी भएको हो ।

 

यति धेरै अगुवा घर घरमा पुगेर उभिदिएको भए आगजनीको अवस्था नआउने उनले सुनाए । उनले ४१ महिनाको काममा पार्टीका कार्यकर्ताहरुको शिर झुक्नेगरि आफूले काम नगरेको दावी गरे । 


सामाजिक संजालमा आफूहरुलाई संकेत गर्दै बनेका कन्टेन्टका बिषयमा चर्चा गर्दै प्रमुख सिंहले “का हो मगरु अव का करब” भनेको सुन्दा कार्यकर्तानै गच हुने गरेको भन्दै असन्तोष जाहेर मात्र गरेर त्यस्तो कन्टेन्ट क्रियटरलाई “मगरु अव तोहरा बजाई डमरु” भन्दै थ्रेट दिन समेत भ्याए ।

 

घर कसेले जलायो थाहा छ मं संग रिस भएर जलायो तर महानगरसंग के को रिस हो ? उनले त्यो आगजनीबाट ३३ साल देखीका अभिलेखहरु जलेर नष्ट भएको बताउदै त्यो सम्पती नगरवासीको थियो त्यसको पूर्ताल कसरी हुन्छ ? भन्दै प्रतिप्रश्न गरे ।

 

उनले आफूले भ्रष्टाचार गरेको भए आफू छानवीनको दायरामा आउन तयार रहेको चर्चा गर्दै उनले बिदेशीको निवेदनको आधारमा अख्तियारले ट्रिटमेन्ट प्लान्टमा छापामारी गरेको बताए ।

 

उनले आफ्नै पार्टीबाट निर्वाचित एक वडाध्यक्षको भूमिका प्रति पनि असन्तुष्टि जाहेर गरे ।  उनले घर जलाउनेहरु आएर मेयर साब बढी दुःख लाग्यो समेत भन्न भ्याएको बताए । उनले छठ पूजामा आमा दिदी बैनीहरुलाई वीरगंजबासी पर्साबासी सबैलाई सदबुद्धि आओस भनेर पूजा आराधना गर्न समेत आग्रह गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.