logo

सांसद सिंहसहित १६ जनामाथि अख्तियारद्वारा भ्रष्टाचार मुद्दा,सासद पद स्वतः निलम्बनमा

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०३: २२ मा प्रकाशित     326   पटक पढिएको

जनकपुरधाम । महोत्तरी  जिल्लाको निर्वाचन क्षेत्र नं ४ को “ख” बाट निर्वाचित सरोज कुमार सिंह सतिह १६ जना बिरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचारको मुद्दा दायर गरेको छ।  

 

सिंहले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत विनियोजित रकम उपभोक्ता समितिहरू गठन गरी विकास योजनाको नाममा दुरुपयोग गरेको प्रमाण फेला परे पछि आयोगले मुद्धा दायर गरेको हो ।

 

सिंहले आफ्ना स्वकीय सचिव बिनोद कुमार लाल कायस्थ मार्फत उपभोक्ता समितिहरूको बैंक खाताबाट रकम झिकाई आफ्नो र श्रीमती सरिता कुमारी महतो सिंहको नाममा रहेको लक्ष्मी सनराइज बैंकको संयुक्त खाता (खाता नं. १२९२०००७२२१०० मा जम्मा गराएको पाइएको आयोगले जनाएको छ ।

 


आयोगका अनुसार रामगोपालपुर, मनराशिसवा र सम्सी क्षेत्रका योजनाका लागि गठित उपभोक्ता समितिहरूको खातामा जम्मा भएको  १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये  ३८ लाख ५० हजार ३ सय १९ रकम सिंहको खातामा स्थानान्तरण गरिएको थियो।

 

यी रकमहरू देवी माहारानी सौन्दर्यकरण, कमलामाई मन्दिर निर्माण, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण, र रधवा–सहसौला सडक ग्रेभल निर्माण जस्ता योजनाका लागि विनियोजित थिए। तर ती रकम विकास कार्यमा प्रयोग नभई व्यक्तिगत स्वार्थमा खर्च भएको आयोगको निष्कर्ष छ।

 

मुद्दामा सांसद सिंहका स्वकीय सचिव कायस्थसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई पनि प्रतिवादी बनाइएको छ।

 

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार कारबाहीको मागसहित विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो। मुद्दा दायर भएलगत्तै सांसद सिंहको पद स्वतः निलम्बनमा परेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.