logo

झाँक्री लगायतका नेताद्वारा माधव नेपालको राजीनामा माग, स्थायी कमिटीमा असन्तुष्टि

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०५: ०४ मा प्रकाशित     149   पटक पढिएको

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्यहरूले अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन्। बुधबार बसेको स्थायी कमिटी बैठकमा रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुलीसहित सात नेताले अध्यक्ष नेपालको राजीनामा माग गरेका हुन्।

 

नेताहरूले अध्यक्ष नेपालमाथि पार्टी विभाजनमा भूमिका खेलेको, वाम आन्दोलनको भ्रष्टिकरणमा संलग्न भएको र भ्रष्टाचारको मुद्दा खेप्दा पनि नेतृत्व नछोडेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, “अध्यक्षले भ्रष्टाचारको मुद्दा खेपिरहेको अवस्थामा पार्टीले सुशासन र नैतिकताको कुरा गर्न नसक्ने” स्थिति आएको छ।

 

अध्यक्ष नेपालले आफूविरुद्ध उठेका आरोपमा कुनै टिप्पणी गरेका छैनन्। उनले पार्टी, विचार र नेतृत्वसम्बन्धी विषयमा छलफल आगामी पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा गर्ने बताएका छन्।

 

स्थायी कमिटी बैठकले आउँदो कात्तिक ११ गते पोलिटब्युरो र कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको छ।

 

पछिल्लो समय पार्टी भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा पनि बहस चलिरहेको छ। वाम दलभित्र दशकौँदेखि एकै नेतृत्वमा निर्भर रहँदा नयाँ पुस्ताले परिवर्तनको माग गर्दै आएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.