logo

झाँक्री लगायतका नेताद्वारा माधव नेपालको राजीनामा माग, स्थायी कमिटीमा असन्तुष्टि

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०५: ०४ मा प्रकाशित     361   पटक पढिएको

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्यहरूले अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन्। बुधबार बसेको स्थायी कमिटी बैठकमा रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुलीसहित सात नेताले अध्यक्ष नेपालको राजीनामा माग गरेका हुन्।

 

नेताहरूले अध्यक्ष नेपालमाथि पार्टी विभाजनमा भूमिका खेलेको, वाम आन्दोलनको भ्रष्टिकरणमा संलग्न भएको र भ्रष्टाचारको मुद्दा खेप्दा पनि नेतृत्व नछोडेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, “अध्यक्षले भ्रष्टाचारको मुद्दा खेपिरहेको अवस्थामा पार्टीले सुशासन र नैतिकताको कुरा गर्न नसक्ने” स्थिति आएको छ।

 

अध्यक्ष नेपालले आफूविरुद्ध उठेका आरोपमा कुनै टिप्पणी गरेका छैनन्। उनले पार्टी, विचार र नेतृत्वसम्बन्धी विषयमा छलफल आगामी पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा गर्ने बताएका छन्।

 

स्थायी कमिटी बैठकले आउँदो कात्तिक ११ गते पोलिटब्युरो र कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको छ।

 

पछिल्लो समय पार्टी भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा पनि बहस चलिरहेको छ। वाम दलभित्र दशकौँदेखि एकै नेतृत्वमा निर्भर रहँदा नयाँ पुस्ताले परिवर्तनको माग गर्दै आएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.