logo

मुख्यमन्त्री सोनलको पदभारसँगैको पहिलो निर्णय ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०५: १९ मा प्रकाशित     258   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले बिहीबार पद तथा गोपनीयताको सपथसँगै पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने निर्णय गरेका छन्।

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मुख्यमन्त्री बनेका सोनलले भोजपुरी भाषामा शपथ लिएर जनकपुरधाम मुजेलियास्थित शहीद स्मारकमा माल्यार्पण गरेका थिए। पदभार ग्रहण कार्यक्रममा विना विभागीय मन्त्री महेश प्रसाद यादव र कनिष पटेल पनि सहभागी थिए।

 

सोनलले बताएअनुसार, एपमार्फत प्रदेश सरकारको निर्णय, जनताको गुनासो, सुझाव र विचार प्रत्यक्ष रूपमा मुख्यमन्त्रीको कार्यालयमा पुग्ने व्यवस्था हुनेछ।

 

“पदभार ग्रहणसँगै सबै निर्णय मन्त्रिपरिषद्को बैठकमार्फत हुनेछ। त्यसअघि एप सुचारु गरेर जनता र सरकारबीच प्रत्यक्ष संवाद स्थापित गर्ने तयारी गरिएको छ,” उनले भने।

 

‘हेल्लो सिएम’ एप पहिलो पटक तत्कालिन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु गरिएको थियो। एप विशेष गरी महिलाको सुरक्षा र आपतकालीन अवस्थाको सूचना प्रवाहका लागि बनाइएको थियो, तर केही दिनमै प्लेस्टोरबाट अनुपलब्ध भएको थियो।

 

सोनलले ५ दलको ५६ सदस्यीय प्रदेशसभा समर्थन पाइसकेका छन्।यद्धपी जनमतका २ सदस्यले जनस्वराज अंगालेको र जसपाका १ सांसद निलिम्वित अवस्थामा  छन ।  हाल उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय आफ्नो मातहतमा राखेका छन्।

 

राजनीतिक दलहरूबीचको भागबन्डासँगै विना विभागीय मन्त्री र थप मन्त्री नियुक्तिको योजना पनि अघि बढाउने तयारी गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.