logo

चालु आवको तीन महिना बित्दा पनि ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट

 इसीमाना सम्बाददाता     २०८२ कार्तिक १ गते ०९: ३२ मा प्रकाशित     243   पटक पढिएको

वीरगंज  ।चालु आर्थिक वर्षको तीन महिना बितिसक्दा पनि देशभरका ४३ स्थानीय तहले अझै वार्षिक बजेट प्रस्तुत गरेका छैनन्।

 

नेपालमा हरेक वर्ष असार १० गतेसम्म ७५३ वटै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने प्रचलन छ।

 संविधानले संघीय सरकारलाई प्रत्येक वर्ष जेठ १५ गते (गणतन्त्र दिवसका दिन) बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ।

 त्यसैअनुसार प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गर्दै आएका छन्।

 

तर, तोकिएको मितिबाट धेरै ढिलो भइसके पनि केही स्थानीय तहले अहिलेसम्म बजेट सार्वजनिक नगरेको भन्दै आलोचना भइरहेका छन्।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३५ वटाले बजेट प्रस्तुत गरिसकेका छन्। इटहरी र धरान उपमहानगरपालिकाले भने हालसम्म बजेट ल्याएका छैनन्।

 

मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये १०२ वटाले मात्र बजेट प्रस्तुत गरेका छन्। बाँकी ३४ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन्। तीमध्ये सप्तरीका डाक्नेश्वरी, राजविराज, अग्निसाइर कृष्णासवरन, छिन्नमस्ता र बलान बिहुल लगायतका गाउँपालिका र नगरपालिका छन्।

 

त्यसैगरी सिराहाका कल्याणपुर, धनगढीमाई, सुखीपुर, धनुषाका जनकपुर उपमहानगरपालिका, क्षिरेश्वरनाथ, धनुषाधाम, नगराइन, मिथिला, औरही, कमला, जनकनन्दिनी, हंसपुर र धनौजी गाउँपालिकाले पनि बजेट ल्याएका छैनन्।

 

महोत्तरीको सोनमा गाउँपालिका र मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन, चन्द्रनगर र रामनगर गाउँपालिका, रौतहटको कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर नगरपालिका र यमुनामाई गाउँपालिकाले समेत चालु आवको बजेट सार्वजनिक गर्न सकेका छैनन्।

यस्तै, बाराको महागढीमाई नगरपालिका, सुवर्ण, विश्रामपुर गाउँपालिका तथा पर्साको पोखरिया, पकाहा मैनपुर, सखुवा प्रसौनी र कालिकामाई गाउँपालिकाले पनि बजेट प्रस्तुत नगरेको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशमा धादिङको खनियाबास गाउँपालिकाले बजेट ल्याएको छैन। गण्डकी प्रदेशका सबै स्थानीय तहले भने समयमै बजेट प्रस्तुत गरेका छन्।

 

लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी -पश्चिम_ को पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीको कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिकाले बजेट सार्वजनिक गरेका छैनन्।

 

कर्णाली प्रदेशमा सल्यानको छत्रेश्वरी गाउँपालिकाले अझै बजेट ल्याएको छैन भने सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले समयमै बजेट प्रस्तुत गरिसकेका छन्।

 

मन्त्रालयका अनुसार देशभर ९४.२९ प्रतिशत स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन्, जबकि बाँकी ५.७१ प्रतिशतले अझै गरेको छैनन्। अधिकांश स्थानमा राजनीतिक सहमति नजुट्दा बजेट प्रस्तुतीमा ढिलाइ भएको बताइन्छ। बजेट तोकिएको समयमा प्रस्तुत गर्न नसक्नु स्थानीय तहको जनताप्रतिको जिम्मेवारीप्रति उदासीनता भनेर आलोचना भइरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.