logo

प्रधानमन्त्री सुशीला कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार , दुई मन्त्री गुप्ता र शर्माले लिए शपथ

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ९ गते ०३: ३९ मा प्रकाशित     376   पटक पढिएको

काठमाडौं।  प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। यद्यपि, सरकारले अझै पूर्णता पाउन बाँकी छ।

 

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पद तथा गोपनीयताको शपथ गराए।

 

प्रधानमन्त्री कार्कीले यसअघि चार जनालाई मन्त्री नियुक्त गर्न तयारी गरेकी थिइन्। तर, श्रममन्त्रीका लागि सिफारिस खगेन्द्र सुनार र भूमि व्यवस्था मन्त्रीका लागि सिफारिस गणपतिलाल श्रेष्ठ विवादमा मुछिएपछि उनीहरूको नाम अन्तिम सूचीबाट हटाइएको थियो। त्यसपछि दुई जनालाई मात्र शपथ दिलाइएको हो।

 

योसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् अब १० सदस्यीय बनेको छ।

 

मन्त्रीहरुको जिम्मेवारी 

अर्थमन्त्री रामेश्वर खनाल — पूर्वअर्थ सचिव, त्यही मन्त्रालयबाट अवकाशप्राप्त।

ऊर्जा मन्त्री कुलमान घिसिङ — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक, इञ्जिनियर।

कानुन मन्त्री अनिलकुमार सिन्हा — सर्वोच्च अदालतका पूर्वन्यायाधीश।

स्वास्थ्यमन्त्री डा. सुधा शर्मा — पूर्वस्वास्थ्य सचिव, १४ वर्षअघि वैचारिक असहमतिको कारण राजीनामा दिएकी, पछि राष्ट्रसंघीय नियोगमा कार्यरत।

गृहमन्त्री ओमप्रकाश अर्याल — पेशाले अधिवक्ता।

सञ्चारमन्त्री जगदीश खरेल — पत्रकारिता पृष्ठभूमिका।

शिक्षा तथा विज्ञानमन्त्री महावीर पुन — राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, ग्रामीण भेगमा सूचना–प्रविधि विस्तारका अभियन्ता।

कृषि मन्त्री मदन परियार — अध्ययन र सामाजिक क्षेत्रमा सक्रिय।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता — सामाजिक अभियन्ता, ‘हण्ड्रेड ग्रुप’का संस्थापक, महामारीका बेला राहत र कपडा बैंक अभियान सञ्चालनकर्ता।

हालसम्मको संरचना हेर्दा सरकारमा महिला, आदिवासी, दलित र मधेशी समुदायको प्रतिनिधित्व भएको देखिन्छ।


बब्लु गुप्ताको नियुक्तिसँगै जेन–जी आन्दोलनकर्मी र मधेशी समुदायको प्रतिनिधित्व सुनिश्चित भएको बताइन्छ।


तर, यसअघि मधेशी दलित समुदायबाट चर्चामा रहेका रामजी रामको नाम अन्ततः समावेश नभएको स्रोतको दाबी छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.