logo

मधेशका ७ प्रजिअको सरुवा,पर्साका सीडीओ सुवेदी दुई महिनामै अर्घाखाँची पठाइए

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ९ गते ०७: ३३ मा प्रकाशित     601   पटक पढिएको

वीरगञ्ज । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी  तोय नारायण सुवेदीको सरुवा भएको छ। गृह मन्त्रालयले आइतबार गरेको निर्णय अनुसार सुवेदीलाई अर्घाखाँची जिल्लामा सरुवा गरिएको हो।

 

सुवेदीले पर्सामा जिम्मेवारी सम्हालेको जम्मा दुई महिनामै उनको बदली गरिएको हो। उनको कार्यकाल छोट्टिएसँगै जिल्लाको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ।

 

गृह मन्त्रालयको निर्णयअनुसार दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पर्सा पठाइएको छ। दाहालले अब पर्सा प्रशासनको जिम्मेवारी सम्हाल्ने भएका छन्।

 

गृह मन्त्रालयले  विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको व्यापक हेरफेर गरेको छ। मन्त्रालय स्रोतका अनुसार यो सरुवा नियमित प्रशासनिक समायोजनका साथै केही जिल्लामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको हो।

 

पर्साका स्थानीय स्रोतहरूका अनुसार सुवेदीको छोटो कार्यकालमै उनले प्रशासनिक संयोजन र सीमा व्यवस्थापनका विषयमा सक्रिय भूमिका खेलेका थिए। तर, अचानक भएको उनको सरुवाले जिल्लामा केही प्रश्न पनि उठाएका छन्।

 

यसैगरि बाराका प्रजिअ प्रकाश पौडेललाई ‘भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको क्षति छानबिन’ गर्ने विशेष जिम्मेवारीसहित गृह मन्त्रालयको अन्तर्गत सरुवा गरिएको छ। उनको ठाउँमा सुनसरीका प्रजिअ धर्मेन्द्र कुमार मिश्र आएका छन्। सर्लाहीका प्रजिअ तुलसी बहादुर श्रेष्ठको सरुवा गोरखा भएको छ भने उनको ठाउँमा गोरखाबाट रामु राज कँडरिया सर्लाही आएका छन्।

सिरहाका प्रजिअ बसन्त अधिकारीको सरुवा मकवानपुर भएको छ, र उनको ठाउँमा बर्दियाबाट सुरेन्द्र पौड्याल सिरहा आउँदैछन्। महोत्तरीका प्रजिअ नारायण प्रसाद रिसालको सरुवा दोलखा भएको छ, भने उनको स्थानमा मोरङका प्रजिअ इन्द्रदेव यादव आएका छन्।

धनुषाका प्रजिअ शंकरहरि आचार्य सहसचिवको रूपमा गृह मन्त्रालय गएका छन्। उनको स्थानमा उदयपुरका प्रजिअ प्रेम प्रसाद लुईंटेलले धनुषाको नेतृत्व सम्हाल्नेछन्। यसैगरी, रौतहटमा पनि प्रजिअ बिनोद कुमार खड्कालाई धनकुटा सरुवा गरिएको छ र उनको ठाउँमा सिन्धुलीबाट दिनेश सागर भुसाल आएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.