सप्तरी । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्।
वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडिओ सार्वजनिक भएपछि विवादमा परेका चौधरीले असोज ५ गते दिएको राजीनामा पत्र हालै सार्वजनिक भएको हो।
उनको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन्। राजीनमा स्वीकृत भएको जानकारी उनले निर्वाचन आयोगलाई समेत गराएकी छिन ।

राजीनामा पत्रमा चौधरीले लेखेका छन् कि उनी पदमा रहेर निरन्तर काम गर्न असमर्थ रहेको उल्लेख गरेका छन ।
उनले आफू अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु।” राजीनामा पत्रमा लेखेका छन ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा अध्यक्ष चौधरी उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराउँदै गरेको दृश्य देखाइएको थियो। यसपछि चौधरी व्यापक आलोचनामा परेका थिए।
अध्यक्ष चौधरी एमालेबाट निर्वाचित थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन ।

तपाईको प्रतिक्रिया