रौतहट । नेकपा (माओवादी केन्द्र( रौतहटका इन्चार्ज तथा केन्द्रीय सदस्य अशोक जयसवालले पार्टी छोड्ने घोषणा गरेका छन्।
बुधबार जारी विज्ञप्तिमा जयसवालले अब आफू अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रसँग आबद्ध नरहने स्पष्ट पारेका छन्। यद्धपी आजै प्रचण्डको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीको नयाँ फरमेशन भएको छ ।
उनले हालै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितका अन्य बाम घटकहरु बीच भएको एकतालाई “औचित्यहीन, अपरिपक्व, अर्थहीन र उद्देश्यविहीन” भनेका छन् र तीव्र असन्तुष्टि जनाएका छन्। जयसवालका अनुसार, उक्त एकीकरणले माओवादी आन्दोलनका मूल आदर्श र मूल्यप्रति धोका पुर्याएको छ।
उनले निकट भविष्यमा आफ्नो नयाँ राजनीतिक दिशाबारे निर्णय सार्वजनिक गर्ने बताएका छन्।
यस घोषणाले मधेश रौतहटमा माओवादी केन्द्रका कार्यकर्तामा झट्का दिएको छ।
तपाईको प्रतिक्रिया