logo

नेपाली कांग्रेसका बिशेष महाधिवेशन पक्षधरको भेला राष्ट्रिय सभागृहमा  हुदै

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १० गते ०९: ५१ मा प्रकाशित     222   पटक पढिएको

काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनको मितिमा देखिएको विवाद लम्बिँदै गएको छ । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले बुधबार विशेष भेलाआयोजना गर्दै छ ।


देशैभरिबाट काठमाण्डौ पुगेका महाधिवेशन प्रतिनिधि र नेताहरूको सहभागितामा राष्ट्रिय सभागृहमा विशेष भेला हुन लागेको हो ।

 

केन्द्रीय कार्यसमिति बैठको अघिल्लो दिन आयोजना गरिएको भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई अल्टिमेटम दिनेछ ।

 

 केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेको अगुवाइमा भेला बोलाइएको हो ।

विशेष महाधिवेशन पक्षधरका नेता बलदेव तिमल्सिनाले फागुन २१ को निर्वाचनभन्दा अघि पार्टीको नियमित महाधिवेशन हुने सम्भावना निकै कम रहेको बताउँदै पार्टी विधानअनुसार विधिवत् रूपमा विशेष महाधिवेशनको मिति तोक्न निर्णायक रूपमा दबाब दिन विशेष भेला बोलाइएको बताए ।

 

 कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गराएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनकै पक्षमा छन् । तर, उनीहरू बुधबारको भेलामा सहभागी हुने छैनन् ।

 

नेताहरू महेश आचार्य, नरहरि आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैया, सुनील भण्डारीलगायतलाई भेलामा बोलाइएको छ ।

 

यस्तै राजनीतिक विश्लेषक कृष्ण खनाल, हरि शर्मा र अरुणकुमार सुवेदीलाई पनि सम्बोधनका लागि बोलाइएको छ ।

 

 यसअघि मंगलबार विशेष महाधिवेशन पक्षधर नेताहरूले काठमाडौँ उपत्यकाका नेताहरू, बागमती प्रदेशअन्तर्गतका जिल्ला एवं क्षेत्रीय सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका नेताहरूसँग अलगअलग छलफल गरेका थिए ।

 

हस्ताक्षर बुझाएको मितिअनुसार केन्द्रीय समितिले विशेष महाधिवेशनको मिति पुस मसान्तभित्र बोलाउनैपर्ने बाध्यात्मक अवस्था छ । नेताहरूका अनुसार सर्वोच्च अदालतमा रिट दिनेदेखि निर्वाचन आयोगमा निवेदन दर्ता गराउनेसम्मको विकल्पमा छलफल भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.