logo

अखिल नेपाल किसान महासंघ, मधेश प्रदेशको विस्तारित बैठक सम्पन्न, महाधिवेशनमा व्यापक सहभागिताको तयारी

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २० गते ०४: ४५ मा प्रकाशित     733   पटक पढिएको

सर्लाही । अखिल नेपाल किसान महासंघ मधेश प्रदेश कमिटीको विस्तारित बैठक सर्लाहीको हरिवन नगरपालिका–११ स्थित सगुन सहकारीको सभाहलमा सम्पन्न भएको छ।

 

नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने खुला सभामा मधेश प्रदेशका ८ वटै जिल्लाबाट झण्डा–ब्यानरसहित अधिकतम किसान उपस्थित गराउने विषयमा बैठकले महत्त्वपूर्ण निर्णय गरेको महासंघका मधेश इन्चार्ज उमेश गुप्ताले बताए।

 

बैठकले किसानहरूको पहिचानसहित संगठित रूपले भागीदारी सुनिश्चित गर्न वडास्तरदेखि प्रदेशस्तरसम्म संगठन विस्तार, परिचालन र व्यवस्थापनका कार्ययोजना पनि तय गरेको छ।

 

 मधेश प्रदेश कमिटीका अध्यक्ष निरञ्जन चौधरीले अध्यक्षता गरेको बैठकमा केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेती , केन्द्रीय सचिव तथा अनेकिमहासंघ मधेशका यन्चार्ज  उमेश गुप्ता, नेकपा (एमाले) सर्लाहीका उपाध्यक्ष विदुर प्याकुरेल, स्थायी कमिटी सदस्यहरू भोला यादव, प्रकाश थापा र रुपनारायण दासको सहभागीता रहेको थियो।

 

बैठकबारे जानकारी दिंदै केन्द्रीय सचिव उमेश गुप्ताले आगामी महाधिवेशन किसान आन्दोलन र संगठन सुदृढीकरणका लागि ऐतिहासिक मोड हो। मधेशका किसानको गरिमामय उपस्थिति सुनिश्चित गर्न प्रदेशभर विस्तृत तयारी भइरहेको छ।

 

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले बताएका छन्।नेकपा एमाले ११ औ महाधिवेशनमा के.पी.ओलीकै निरन्तरता पक्षमा मधेश प्रदेश रहेको बैठकले निर्णय गरेको गुप्ताले जनाए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.