logo

बाराको क्षेत्र नं ३ मा नाम सिफारिशकालागि एमालेमा मतदान ज्वाला साहलाई जम्मा ४ मत

 इसीमाना सम्बाददाता     २०८२ पौष १९ गते ०६: ३८ मा प्रकाशित     422   पटक पढिएको

कलैया । नेकपा एमालेको बारा जिल्लाको क्षेत्र नं ३ बाट फाल्गुण २१ गते हुने चुनावकालागि उम्मेदवारको नाम सिफारिश गरेको छ ।

 

शनिवार भएको बैठकले ३ जनाको नाम उम्मेदवारको रुपमा नाम सिफारिश गरेको हो । बैठकले आन्तरिक निर्वाचनको माध्यमले उम्मेदवारको नाम सिफारिश गरेको हो ।

 

आन्तरिक चुनावमा अध्यानन्द पाण्डे ४६,एम.समिउल्लाह ३७ र सिमा ठकुरी ३६ मत प्राप्त गरेकोले उनीहरुको नाम  सिफारिश भएको हो ।

 

पार्टीका केन्द्रीय सदस्य पूर्व मन्त्री ज्वाला साहले जम्मा ४ मत प्राप्त गरेकोले उनको नाम सिफारिशमा पर्न सकेन । तीन जनाको नाम सिफारिश गर्नु पर्ने भएकोले सर्वसम्मत रुपमा नाम सिफारिश गर्न प्रयास भएपनि सर्वसम्मत नभएपछि आन्तरिक चुनाव भएको हो ।

 

चुनाव नगर्नकालागि पहल गर्दा पनि चुनाव गराई छाडने अवस्था देखेपछि ज्वाला साह सहित उनको सर्मथकहरु बैठकबाट बाहिरिएका थिए ।

 

त्यो प्रक्रियामा ज्वाला साह र उनको सर्मथकहरुको सहभागिता नरहेको एक नेताले जानकारी दिए । आन्तरिक चुनावमा ४६ जनाको सहभागिता रहेको एक एमाले नेताले जानकारी दिए । 

 

ज्वाला साहले प्राप्त गरेको  मतको परिणामलाई राजनीतिक क्षमता, योगदान वा पार्टीभित्रको स्वीकार्यतासँग सीधै जोडेर हेरिएको छ ।

 

तर राजनीतिक बिश्लेषकले यो घटनाका माधारमा मात्रै त्यसरी हेर्न नहुने मत राखेका छन । यो परिणामले ज्वाला सहकालागि तीन सन्देश दिएको छ ।

 

स्थानीय तहमा संगठनात्मक संवाद थप सुदृढ गर्नुपर्ने आवश्यकता छ । त्यसैगरि केन्द्रीय भूमिकासँगै क्षेत्रीय उपस्थितिलाई पुनः सक्रिय बनाउन आवश्यक छ  । र आगामी दिनमा पार्टीको रणनीतिक भूमिकामा अझ प्रभावकारी योगदान गर्ने आधार निर्माण गर्न आवशयक छ । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.