logo

तबरेज अहमद जसपा पर्सा जिल्ला अध्यक्षमा मनोनित,इमान्दारितापूर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त

 इसीमाना सम्वाददाता     २०८२ माघ ४ गते ०२: ५२ मा प्रकाशित     378   पटक पढिएको

वीरगंज ।   भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्ला समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ।

 

पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले  एक पत्र जारी गर्दै अहमदलाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन्। पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ।

 

गाउँबाट राजनीतिक यात्रा सुरु गरी जिल्लाको नेतृत्व तहसम्म पुग्न सफल अहमदको मनोनयनले पर्सा जिल्लामा पार्टी पङ्क्तिमा नयाँ ऊर्जा र उत्साह थपिने अपेक्षा गरिएको छ। उनी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनसमस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने नेताका रूपमा परिचित छन्।

 

भूमि समस्या समाधान आयोग पर्साका अध्यक्षको जिम्मेवारीमा रहँदै उनले भूमिहीन, दलित तथा सीमान्तकृत समुदायको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। पार्टीले उनको यही अनुभव, सक्रियता र जनसम्पर्क क्षमतालाई मूल्याङ्कन गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ।

 

अहमदको नेतृत्वमा पर्सा जिल्लामा जनता समाजवादी पार्टीलाई अझ सशक्त, जनमुखी र संगठित बनाइने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्। पार्टीले अध्यक्षको जिम्मेवारी दिएपछि आफनो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अहमदे पार्टी अध्यक्ष राई र महासचिव इस्तिायाक राइन प्रति आभार प्रकट गरेका छन ।

 

 उनले यो जिम्मेवारीलाई आफनो व्यक्तिगत सम्मान मात्र नभई, पार्टीको नीति, विचार र सङ्गठन सुदृढीकरणप्रतिको ठूलो दायित्वका रूपमा लिएको उल्लेख गरेका छन ।

 

 पार्टी नेतृत्वले देखाउनुभएको विश्वासलाई अक्षुण्ण राख्दै संगठन विस्तार, कार्यकर्ताको मनोबल अभिवृद्धि तथा जनताको मुद्दालाई मजबुत रूपमा उठाउन उनले इमान्दारितापूर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन।

 


जनता समाजवादी पार्टीलाई बलियो, जनमुखी र वैचारिक रूपमा स्पष्ट राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अभियानमा यहाँहरूको मार्गदर्शन, नेतृत्व र प्रेरणा निरन्तर प्राप्त भइरहने विश्वास लिएको छु । अहमदले लेखका छन । 

a44ddfd3-2640-4c0b-a2c4-7292e0959c87-685x1024.jpeg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.