logo

मुक्तेश्वर महादेवको दर्शनसँगै थापाद्वारा सर्लाही–४ मा चुनावी अभियानको शुभारम्भ

 इसीमाना सम्वाददाता     २०८२ माघ १२ गते ०५: ४३ मा प्रकाशित     238   पटक पढिएको

बरहथवा । आगामी निर्वाचनको तयारीमा जुटेका नेपाली कांग्रेसका सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ पुगेका छन् ।

 

 सोमबार दिउँसो सर्लाही आइपुगेका उनले जिल्लाको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल मुक्तेश्वर महादेव मूर्तियामा दर्शन गर्दै चुनावी घरदैलो कार्यक्रमको शुभारम्भ गरेका छन् ।

 

थापाले मुक्तेश्वर महादेवमा विधिपूर्वक पूजाअर्चना गर्दै स्वच्छ राजनीति, विकास र जनताको भरोसा जित्ने संकल्प व्यक्त गरे । उनले चुनावपछि पुनः यही मन्दिरमा फर्कने प्रतिबद्धता समेत जनाएका छन् ।

 

प्राचीन भगवान् शिवको मन्दिरका रूपमा परिचित मुक्तेश्वर महादेव मूर्तिया महाशिवरात्रि, तीज तथा साउन महिनामा हजारौँ भक्तजन सहभागी हुदै आएका छन ।  

 

 स्थानीय जनविश्वासअनुसार त्यहाँ सच्चा मनले पूजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ । सन्तान प्राप्ति, रोग–व्याधि निवारण तथा मनोकामना पूर्तिका लागि टाढा–टाढाबाट भक्तजनहरू आउने गर्दछन् ।

 

मन्दिर परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै थापाले देश र जनताको सेवामा इमानदार भएर काम गर्ने, स्वच्छ राजनीतिक संस्कार स्थापित गर्ने र सर्लाही क्षेत्रको चौतर्फी विकासमा आफू प्रतिबद्ध रहने बताए ।


उनले भने, “म मुक्तेश्वर महादेवलाई साक्षी राखेर बाचा गर्छु यदि यहाँका जनताले मलाई सेवा गर्ने अवसर दिनुभयो भने, चुनावपछि पुनः यही मन्दिरमा आएर जनताप्रति गरेका सबै बाचा पूरा गरेको प्रतिवेदन चढाउनेछु ।”

 

चुनावी अभियान अन्तर्गत थापाले कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना भावी योजना र प्रतिबद्धताबारे जानकारी गराइरहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.