logo

श्रमजीवीका माँग पुरा नहुदा सम्म रिपब्लिक मिडिया बिरुद्धको आन्दोलन जारी राख्ने महासंघको निर्णय

 इसीमाना सम्वाददाता     २०८२ माघ १५ गते ०५: ४० मा प्रकाशित     234   पटक पढिएको

काठमाडौं ।  नेपाल पत्रकार महासंघले रिपब्लिक मिडिया लिमिटेडमा जारी श्रम आन्दोलनको सन्दर्भमा बिहिवार महासंघका पूर्वअध्यक्षहरूसँग परामर्श बैठक सम्पन्न गरेको छ।

 

छलफलबाट प्राप्त सुझावका आधारमा महासंघले श्रम समस्या समाधान नहुँदासम्म रिपब्लिक मिडिया लिमिटेडले राज्यका निकायबाट प्राप्त गर्ने सेवा–सुविधा स्थगन गर्न सम्बन्धित निकायहरूलाई पत्राचार गरेको जनाएको छ।

 

महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार २०८२ साउन २२ गते नागरिक दैनिकको प्रकाशक संस्था रिपब्लिक मिडिया लिमिटेड र महासंघबीच भएको चारबुँदे सम्झौता कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने निर्णयअनुसार यो कदम चालिएको बताए ।

 

छलफलमा सहभागी महासंघका पूर्वअध्यक्षहरूले श्रमजीवी पत्रकारहरूको हकहित सुनिश्चित गर्न महासंघले दृढ र स्पष्ट अडान लिनुपर्ने सुझाव दिएका थिए।

 

उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रम अधिकार अलग–अलग विषय भएको उल्लेख गर्दै श्रम अधिकारको पक्षमा हुने आन्दोलनलाई प्रेस स्वतन्त्रताको हननका रूपमा व्याख्या गर्न नहुने धारणा व्यक्त गरेका थिए।

 

महासंघकी अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारको अधिकार स्थापित नहुन्जेल महासंघको आन्दोलन निरन्तर रहने प्रतिबद्धता दोहोर्‍याइन ।

 

यसैगरी, वरिष्ठ उपाध्यक्ष तथा श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक दीपक आचार्यले रिपब्लिक मिडियाले महासंघसँग भएको सम्झौता पूर्ण रूपमा कार्यान्वयन नगरेसम्म आन्दोलन स्थगन नहुने स्पष्ट पारे।

 

छलफल कार्यक्रममा महासंघका उपाध्यक्षहरू नीतु पण्डित र उमिद बागचन्द, सचिव रमेश खतिवडा, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायतको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.