logo

वीरगञ्जका दुई वडाका जनप्रतिनिधिसहित सयौँ नेता–कार्यकर्ता एमाले प्रवेश

 इसीमाना सम्वाददाता     २०८२ माघ १७ गते ०४: ३६ मा प्रकाशित     630   पटक पढिएको

वीरगञ्ज ।  पर्साको वीरगञ्ज महानगरपालिका–११ र १३ का वडाध्यक्ष, निर्वाचित सदस्य तथा ठूलो संख्यामा रहेका नेता कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाललगायत विभिन्न दल परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन्।

 

वीरगञ्ज–११ का वडाध्यक्ष अजयकुमार चौरसिया, वडा सदस्यहरू जगनलाला महतो धानुक, गौदमी देवी र वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित सदस्य लाल मोहम्मद मन्सुरी एमालेमा आवद्ध भएका हुन्।

 

उनीहरूलाई पूर्व मन्त्री तथा पर्सा–१ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए। 

कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष चौरसियाले जसपा नेपालले मधेस मुद्दालाई राजनीतिक स्वार्थका लागि मात्र प्रयोग गरेको आरोप लगाए। उनले देश र जनताको समग्र हितका लागि केपी शर्मा ओली नेतृत्वको एमाले नै उपयुक्त विकल्प भएको धारणा राखे।

 

वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको प्रभावमा देशलाई अस्थिर बनाउने प्रयास भइरहेको दाबी गर्दै राष्ट्रिय स्वाभिमान र जनताको अधिकारको रक्षा गर्न एमाले रोजेको बताए।

 

पूर्व मन्त्री यादवले आफू राजनीतिक हत्या प्रयासपछि एमालेमा प्रवेश गरेको दाबी गरे। उनले जेन–जी आन्दोलनपछि बढेको विदेशी दबाब रोक्न र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन केपी शर्मा ओलीको नेतृत्व निर्णायक रहेको उल्लेख गरे।

 

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रभू हजरा, बिजय कुमार सरावगी पार्टी प्रचार बिभाज प्रमुख सुन्दर कुर्मी प्रयाग महतो मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.