logo

सीप पाएका प्रशिक्षार्थीले पाए प्रमाणपत्र,नारा होइन उद्यम गर्ने सीप दिने वतावरण बनाउने रुङ्गटाको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८२ माघ १७ गते ०७: ३५ मा प्रकाशित     319   पटक पढिएको

वीरगञ्ज ।  रोजगारी र आत्मनिर्भरताको चुनौती चुलिँदै गएको बेला पर्सामा सिपमूलक तालिममार्फत ३० जनालाई प्रत्यक्ष लाभ पुगेको छ।

 

नेपाल ट्रेड युनियन कांग्रेस पर्साको आयोजनामा तीन महिने ब्युटिसियन तथा सिलाइ–कटाइ (लेभल–२) तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

 

शनिबार सम्पन्न प्रमाणपत्र वितरण समारोह नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसादको सभापतित्वमा सम्पन्न भएको थियो।

 

कार्यक्रममा संविधानसभा सदस्य तथा पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अनिल रुंगटा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

 

नेपाल ट्रेड युनियन कांग्रेस र जिलाफ इन्टरनेशनल लेबर फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिएको तालिममा ब्युटिसियन र सिलाइ–कटाइतर्फ १५–१५ जना गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी थिए।

 

तालिम समापनपछि उनीहरूलाई औपचारिक प्रमाणपत्र प्रदान गरिएको हो। साथै, तालिम सञ्चालनमा योगदान पुर्‍याएका दुई प्रशिक्षकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकोलागि पर्साका क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका  रुंगटाले सिपमूलक तालिमले युवालाई वैदेशिक रोजगारीको बाध्यताबाट मुक्त गरी स्वदेशमै आत्मनिर्भर बनाउने बताए। “राजनीतिक नाराभन्दा महत्वपूर्ण कुरा युवालाई काम गर्न सक्ने सीप दिनु हो,” उनले भने।

 

समारोहमा नेपाल कृषि श्रमिक संघ पर्साका अध्यक्ष लखनलाल साह कानु सबैया साझेदारी वन उपभोक्ता समूह, सबैया टारीको अध्यक्षमा चयन भएको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस पर्साले सम्मानसमेत गरेको थियो।

 

कार्यक्रममा संविधानसभा सदस्य अजय दुबेदी, नेपाली कांग्रेस क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल नेपाली, कांग्रेस नेता हरि यादवलगायत ट्रेड युनियन आन्दोलनमा सक्रिय केन्द्रीय, प्रदेश, जिल्ला तथा इकाइ तहका करिब २५० श्रमिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रममा उपाध्यक्ष चन्द्रनारायण सिंह रिजालले स्वागत मन्तव्य राखेका थिए भने सचिव हरेन्द्र महतोले कार्यक्रम सञ्चालन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.