logo

निरन्तर संवाद, सहकार्य र आपसी एकतामार्फत मात्रै दिगो विकास सम्भवः नेता रुङ्गटा

 इसीमाना सम्वाददाता     २०८२ माघ १९ गते ०३: १३ मा प्रकाशित     416   पटक पढिएको

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले वीरगंज महानगरपालिका–१२ मुर्लीमा स्थानीय ज्येष्ठ नागरिकहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

 

 

कार्यक्रममा आगामी निर्वाचन, क्षेत्रको समग्र विकास, सामाजिक सद्भाव मजबुत बनाउने उपाय तथा संगठन सुदृढीकरणका विषयमा खुला छलफल गरिएको थियो। सहभागी बुजुर्गहरूले क्षेत्रले भोगिरहेका समस्या, आवश्यक पूर्वाधार र जनअपेक्षाबारे आफ्ना धारणा राख्दै नेपाली कांग्रेसप्रति विश्वास र समर्थन व्यक्त गरे।

 

उम्मेदवार रुङटाले स्थानीयवासीबाट प्राप्त सुझावलाई प्राथमिकताका साथ लिने प्रतिबद्धता जनाउँदै जनताको आवश्यकता र चाहनाअनुसार काम गर्ने दृढ संकल्प व्यक्त गरे। उनले निरन्तर संवाद, सहकार्य र आपसी एकतामार्फत मात्रै दिगो विकास सम्भव हुने उल्लेख गरे।

 

भेटघाटका क्रममा देखिएको सक्रिय सहभागिता, उत्साह र सकारात्मक सुझावले चुनावी अभियानलाई थप मजबुत बनाएको नेपाली कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।

 

संगठनभित्रको एकता र जनसहभागितालाई आगामी निर्वाचनमा सफलता हासिल गर्ने आधारका रूपमा हेरिएको छ। भेटघाटमा नेपाली कांग्रेसका जिल्ला सचिव इम्तियाज आलम  क्षेत्रीय सभापति अरविन्द गुप्ता लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.