logo

निर्वाचनरुपी युद्धको मैदानमा योद्धाको रुपमा उत्रिन एमाले उपाध्यक्ष बादलको कार्यकर्तालाई अपिल

 इसीमाना सम्वाददाता     २०८२ माघ २० गते ०४: १५ मा प्रकाशित     467   पटक पढिएको

वीरगंज । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर बादलले निर्वाचनलाई युद्धको संज्ञा दिदै एमाले कार्यकर्तालाई  योद्धाको रुपमा निर्वाचनको मैदानमा उत्रिन अपिल गरेका छन ।

 

May be an image of text that says 'SI GOT શज แลัราย 0 อด adurJa Q निर्णायक राष्ट्िय शत्ति निर्माण हाम्रो संकल्प समुब नेपाल सुखी नेपाली राष्ट्रिय गक्तव्य नेपाल कम्युनिष्ट पाट एमाले) जिल्ला स्तरीर बृहत कार्यकर्ता મेહ २०८२/१०/262 मवे सुर्य'

पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई वीरगंजको नगरसभागृह सम्बोधन गर्दै उपाध्यक्ष बादलले राष्ट्रिय स्वाधिनता र पहिचानको बिषयसंग जोडिएको बताए । 

May be an image of one or more people, temple, dais and text that says 'यूनिष्ट प्टय गन्तव्य यभासंकल्प गन्तळ्तथ संकल्प पाटी 4 लা स्तरी शिकर्ता जिल'


नेता बादलले डिपस्टेटवालाहरुले गरेको प्रतिगामी घटनाका कारण हाम्रो अस्तित्वमा प्रश्न उठेको चर्चा गर्दै अस्तित्व रक्षाकालागि निर्वाचनको युद्ध एमालेकालागि जित्नै पर्ने अवस्था रहेको बताए । 

 

May be an image of one or more people, dais and text
पार्टी अध्यक्ष क. ओलीको नेतृत्वमा देशभक्त र लोकतान्त्रिक सरकारको पूर्नस्थापना गर्नकालागि चुनाव जित्नै पर्नेमा उनले जोड दिए  । उनले चुनाव जितेर लक्ष हासिल गर्न सकिने भन्दै उपाध्यक्ष यादवले इतिहासले ल्याएका प्रश्नहरुको सहि जवाफ नेकपा एमालेले दिने बताए ।

 

उनले संकटमा फसेको मुलुकलाई निकास दिन नेकपा एमालेले चुनाव जित्नु अनिवार्य रहेको बताए । उनले राष्ट्रलाई संकट पर्दा राष्ट्रवादी अडान लिने नेता के.पी.ओलीमात्र भएकोले एकमाना एकताका साथ सूर्यध्वजाबाहक उम्मेदवारलाई चुनाव जिताउन लाग्न कार्यकर्तालाई निर्देशन दिए ।  

May be an image of one or more people, the Charminar and text that says 'राष्ट्ियशक्किनिष राष्ट्रिय शत्ति निम सुखी नपाला सुस्वीनेपाली र कम्युनिष संकल्प तव्य (एमाले) T'

पार्टीका जिल्ला अध्यक्ष डा.बिश्वम्भर शर्माको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्यहरु प्रभू हजरा, बिजयकुमार सरावगी प्रदेश अध्यक्ष चन्देश्वर मण्डल,उपाध्यक्ष बिचारी यादव सचिव मनोज पौडेल  पर्सा क्षेत्र नं १ का उम्मेदवार पर्सा २ का एमाले उम्मेदवार रिमा यादव , ३ का उम्मेदवार रुपेश पाण्डे र ४ का उम्मेदवार जालिम मियाँ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

May be an image of one or more people, beard, scarf and text that says 'ग्रो संकल्प नतव्य " (एमा'

कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, बहुदरमाईका प्रमुख सिंहासन साह तेली , प्रदेश सभा सदस्य प्रमोद जयसवाल, बिना शर्मा, ठाकुर न्यौपाने लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.