logo

पराजय पछि पनि जनताकोवीचमा रहने नेताको छवी बनाएका गुप्ता समस्या पर्दा सजिलै भेटिन्छन

 इसीमाना सम्वाददाता     २०८२ माघ २१ गते ०२: २७ मा प्रकाशित     307   पटक पढिएको

गौर । रौतहट क्षेत्र नं. १ का लोकप्रिय नेता अजय कुमार गुप्ता चुनावी समयमा मात्र सीमित नरही सधैं जनताको दुःख–सुखमा साथ दिने नेताका रूपमा परिचित छन्। प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि पनि उनले जनतासँगको सम्बन्धलाई निरन्तरता दिँदै जनसेवामा सक्रियता देखाइरहेका छन्।

 

 

गएको प्रतिनिधिसभा निर्वाचनमा सांसद पदमा पराजित भए तापनि अजय गुप्ताले राजनीतिक यात्रामा विराम लगाएका छैनन्। बरु, पराजयपछि समेत उनी स्थानीय समस्या समाधान, सामाजिक सेवाका गतिविधि र जनसम्पर्कमा निरन्तर सक्रिय रहँदै आएका छन्।

 

 

स्थानीय बासिन्दाहरूका अनुसार गुप्ता फोन, सन्देश तथा प्रत्यक्ष भेटघाटमार्फत जनताको गुनासो सुन्ने र समाधान खोज्ने प्रयासमा सधैं तत्पर रहने नेता हुन्। “समस्या पर्दा नेता भेट्न गाह्रो हुँदैन, अजय गुप्ता सधैं उपलब्ध हुनुहुन्छ,” एक स्थानीयले बताए।

 

 

रौतहट क्षेत्र नं। १ लाई पछिल्लो समय नेताहरूका लागि ‘प्रयोगशाला’ जस्तै बनाइएको आरोप लाग्दै आएको छ। चुनावको बेला मात्र देखिने नेताको भीड भए पनि दीर्घकालीन विकास र प्रभावकारी सेवा प्रवाहमा अपेक्षित प्रगति हुन नसकेको स्थानीयहरूको गुनासो छ।

 

 

यही सन्दर्भमा समर्थकहरू अजय गुप्तालाई आफ्नै घरको सदस्यझैँ जनताको दुःख–सुख बुझ्ने नेता भएको बताउँछन्। स्वास्थ्य, शिक्षा, बाढी व्यवस्थापन, सडक तथा अन्य भौतिक पूर्वाधार विकासका क्षेत्रमा उनले स्थानीय तहमा निरन्तर पहल गर्दै आएको उनीहरूको भनाइ छ।

 

चुनावी नतिजाभन्दा बाहिर रहेर पनि जनताको माझ सक्रिय रहनु अजय गुप्ताको राजनीतिक पहिचान बनेको स्थानीयहरू बताउँछन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.